Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर “बिगेस्ट १०शैं”

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। “बिगेस्ट १०शैं” नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्नु सकिने कम्पनीले जनाएको छ ।

यो योजना सार्वजनिक गदै यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत सन्जीव शुक्लाले भने“नेपालीहरूको महान चाड दशैंलाई हामी बडादशैं पनि भन्छौं। बडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ। यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ।”

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ। एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा कम्पनीले गरिएको छ।

नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी हो। दशकौं अघि स्थापित यामाहाले मोटरसाइकल उद्योगमा विश्वव्यापी अग्रणीको रूपमा आफूलाई स्थापित गरेको छ।

आफ्नो इन्जिनियरिङ उत्कृष्टता, इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागि यामाहा प्रसिद्ध रहेको कम्पनीको दावी छ। नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपाल नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि हो। यसका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन्।

बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स...

वि.सं.२०८१ फागुन ३ शनिवार १३:२७

  फेब्रुअरी १०, २०२५ – विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी...

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

वि.सं.२०८१ माघ २८ सोमवार २३:०८

पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ ।...

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना : ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना :...

वि.सं.२०८१ माघ २८ सोमवार २१:१९

  काठमाडौं, नेपाल - स्कोडा नेपालले आफ्ना ग्राहकहरूलाई प्रिमियम र...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेड आर १२५ एफआई हाइब्रिडबाट सम्मानित

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट...

वि.सं.२०८१ माघ २६ शनिवार ०५:३६

  काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा आयोजित महिला...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...