CG Electronics
IME Life
NIMB

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदै गएको बताएका छन् । महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीहरु खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौ । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौ ।’ उनले भने, ‘तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मुल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो । जहाँ उद्यमीको प्रवेश सहज हुन्छ र असफल भएर वर्हिगमन पनि सहज हुन्छ ।’

उनले खुला अर्थव्यवस्थामा सरकार सहजकर्ताको भूमिकामा हुने प्रष्ट्याए । उनले थपे, ‘तर हामीकहाँ निजी क्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति नियम एकपछि अर्को गर्दै आइरहेका छन् ।’ अध्यक्ष ढकालले लगानी र नाफा संकुचन हुने पर्याप्त आधार देखिएकै कारण लगानी बढन नसकेको र रकम बैंकिंग माध्यममा थन्किएको उल्लेख गरे ।

उनले आफूहरुले कार्यभार सम्हाल्दै गर्दादेखि नै मागलाई संकुचित नगर्न र निजी क्षेत्रलाई अंकुश नलगाउन बारम्बार आग्रह गरिरहेका समेत समेत बताए । यद्यपी उक्त मागको सुनुवाइ नभएको उनको गुनासो छ ।

‘हामीले भनेका थियौ, निर्यातमा नियन्त्रण नगरौ, ब्याजलाई उच्च दरमै कायम राख्न नीतिगत दबाव सिर्जना नगरौ । तर सुनुवाइ भएन ।’ उनले भने, ‘अहिले वित्तिय क्षेत्रमा निक्कै तरलता छ भने ब्याजदर पनि तल आइसकेको छ । तर पनि बजारमा अपेक्षित माग बढन सकेको छैन । ऋण प्रवाह बढन सकेको छैन्

त्यस्तै अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरि आएको विधेयकलाई हाम्रो निरन्तर पैरवीले हालसम्म उक्त व्यवस्था संसोधन हुने गरि नै छलफल भैरहेको समेत जानकारी उनले सो अवसरमा दिए । उनले भने, ‘अब उप समितिको राय के आउँछ ? यसमा हामी सबै चनाखो हुनुपर्छ । हाम्रो निरन्तरको प्रयासले यो हाललाई रोकिएको छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’ यदि कानुन जस्ताको त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुने उनको तर्क छ ।

त्यस्तै, संसोधनको प्रक्रियामा रहेको बैंक वित्तीय संस्था सम्बन्धि ऐनले समेत नीजि क्षेत्र प्रभावित हुने भन्दै यसप्रति पनि समेत सचेत रहनु पर्ने उनको तर्क छ । ‘तत्काल एक प्रतिशत भन्दा बढि बैंकमा सेयर हुने व्यक्तिले अन्यत्रबाट ऋण लिनै नपाउने भन्ने व्यवस्था गर्ने भनिएको छ । उद्यमी व्यवसायीले बैंकमा स्वामित्व भएकै कारण अन्यत्र लगानी गर्न नपाउने हो भने हामीकहाँ उत्पादन र रोजगारी सिर्जना कसरी हुन्छ ।’उनले प्रश्न गरे ।

‘नेपालको बैंकिग क्षेत्र व्यवस्थित छ । नियमन र सुपरिवेक्षण दरिलो छ । कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गरौं तर लगानीलाई निषेध र नियन्त्रण नगरौ ।’

उनले बजारमा अपेक्षा गरिए अनुसार अझै माग नबढेको र बैंक वित्तीय संस्थाहरुमा रकम थुप्रिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले अथतन्त्र चलायमान बनाउने तर्फ ध्यान दिनु पर्ने बताए ।

‘हालसम्मकै उच्च विदेशी विनिमय संचिति छ । भुक्तानी सन्तुलनमात्रै होइन कि चालु खाता पनि सकारात्मक छ ।’ उनले भने,’ यसले वित्तीय स्थायित्व देखाउँछ तर के आर्थिक गतिविधि बढाउन परिसूचकको स्थायित्व मात्रै चाहिन्छ कि निजी क्षेत्रको मनोबल ? अहिले यो बहसको बिषय बनेको छ ।’

सो अवसरमा अध्यक्ष ढकालले दशै, तिहार, नेपाल सम्बत एवं छठ लगायतका सम्पूर्ण चाडवाडको शुभकामना समेत व्यक्त गरे ।

 

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...