Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम)को ट्यांक ५०० नेपाली बजारमा आउँदै

 

काठमाडौं । नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) को बिग साइज एसयूभी ट्यांक ५०० आउने भएको छ । नेपालका लागि जीडब्ल्यूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले उक्त एसयूभी ल्याउने भएको हो ।

नेपाल आउन लागेका ट्यांक ५०० एक थ्रीरो एसयूभी हो । यसमा ६ वा ७ सिटको अप्सन रहनेछ । जीडब्ल्यूएमले ट्यांक ५०० सन् २०२१ को अगष्टमा चेन्दु अटोशोमा सार्वजनिक गरेको थियो ।

बडी अन फ्रेम च्यासिसमा बनेकाे ट्यांक एक फोरह्वील ड्राइभ एसयूभी हो । यो एसयूभीमा उत्कृष्ट अफरोड क्षमता हुनुको साथै २२३.५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । फुल्ली डिजिटल ड्यासबोर्ड रहेका ट्यांक ५०० मा १४.६ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन र १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर रहेको छ ।

 

जीडब्ल्यूएमको ट्याङक ५०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन तथा ९ स्पीडको हाइड्रोलिक अटोमेटिक गियरबक्स रहेको छ । हाइब्रिड पावरट्रेनका लागि यो एसयूभीमा इलेक्ट्रीक मोटर र १.७५ किलोवाट अवारको ब्याट्री रहेको छ । यी दुवै मोटरको कम्बाइन पावर ३४६ हर्सपावर र ६१५ न्यूटन मिटरको टर्क रहेको छ ।

यो एसयूभीको लम्बाइ ४९२८ एमएम, चौडाइ १९२४ एमएम, उचाइ १९०५ एमएमको रहेको छ । यो एसयूभी २८५० एमएमको ह्वीलबेसमा बनेको हो ।

 

भीजी इम्पेक्सले ट्यांक ५०० एसयूभीको १ करोड ९१ लाख रुपैयाँ राखेर मूल्यसूची प्रकाशित गरेको छ । भीजीले हाल जीडब्ल्यूएमकाे हाभल ब्राण्डमा मिडसाइजको एसयूभीहरू एच ६ र जोलाइन पेट्रोल तथा ओरा ०३ ईभी बिक्री गरिरहेको छ ।

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२९

  काठमाडौं । काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...