Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशिल क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताएका हुन् ।
उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैंमा संवेदनशिल छ ।

अहिलेसम्म यो क्षेत्रमा केही भएको छैन भन्ने हो भने यो अवस्थासम्म आइसकेका छौं । सबैजनाले काम गर्नु भएकै छ । तर सार रुपले भन्ने हो भने भएको केही पनि छैन । सबै पुरानो कानूनले चलिरहेका छन् । नयाँ नीति, कानून केही छैन ।

मुलुकमा गणतन्त्र आइसक्यो, तर कानूनमा केही पनि परिवर्तन छैन । यो सबैभन्दा संवेदनशिल क्षेत्र हो तर सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र पनि हो । अब यसको सुधार गर्नुपर्छ ।’

यस्तै, उनले यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने भन्दै हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने बताए ।

उनले भने, ‘यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने, पहिला पनि थियो होला त्यसलाई सुधार गरेर नयाँ ल्याउने । नीति भएपछि मात्र त्यसको आधारमा कानून बन्छ । यो वर्षभित्र सबै नीतिका काम सकिन्छ । हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने काम गर्छौँ।’

साथै, उनले नीतिगत, कानून, बजेट, जनशक्ति लगायको समस्या कहाँ छ भनेर सबै पहिल्याएर समाधान गर्नुपर्ने भन्दै यो वर्षभित्र सबै कुराको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...