Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

वर्षाले बागमती प्रदेश बढी प्रभावित, काठमाडौं उपत्यकाका नदी करिडोरका सडक बन्द

Machhapuchchhre Bank Limited

काठमाडौं । अविरल वर्षाको प्रभाव बागमती प्रदेशमा बढी परेको छ। गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको हो ।

खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लिन थालेको छ । माइतिघर मण्डलाको बाटो र न्युप्लाजा अगाडिको बाटोसमेत अवरोध भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सुकुम्बासी एरियामा अविरल बर्षाका कारण बागमती नदीमा पानीको बहाब निरन्तर बढि रहेको छ । पानीको बहाबले सुकुमबासी एरियामा रहेका १४१ घरधुरी डुबाएको छ। थापाथली देखि रोज बट स्कूलसम्म पूर्वरूपमा बाटो अवरोध भएको छ। प्रहरीले ४ वटा बच्चा र १ जना वृद्धसहित ५ जनालाई उद्धार गरी गरेको छ ।

यसैगरी कलंकी, कपन क्षेत्रपनि डुबानमा परेको छ । काठमाडौंको नागार्जुन नगरपालिका– ८ नर्सरी धारानजिक सडकखण्ड, तार्केरश्वर नगरपालिका कार्यालय अगाडि धर्मस्थलीबाट तारकेश्‍वर नगरपालिका–३ तिनपिप्ले जाने बाटोमाथिबाट पहिरो गई बाटो अवरुद्ध भएको छ ।

यसैगरी बीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन्। जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ । आज देशभर बर्षा भइरहेको छ ।

अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् ।

अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा सामान्य पानी परेको छ ।
मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् ।

 

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...