CG Electronics
IME Life
NIMB

विपत्तिको मारमा जलविद्युत आयोजना, दुई अर्ब ३१ करोड बराबर नोक्सान

NIMB
Himalayan Bank

काठमाडौं । निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ ।

बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्याएको छ । ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ ।

इप्पानका अनुसार सबैभन्दा धेरै मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा पुर्याएको छ ।

मकवानपुरमा रहेको उक्त आयोजनामा पावर हाउस पूर्ण रुपमा डुबेको छ भने बाँध क्षेत्रमा क्षति पुर्याएको छ । सो आयोजनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको हो ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।

उक्त आयोजनाको पावर हाउस डुबानमा परेको गरेको छ । सो आयोजना गत वर्षको बाढीले पनि क्षति पुर्याएको थियो ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनामा करिव ५ करोड र ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ ।

यस्तै, फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति) करिब १० करोड रुपैयाँ, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनामा करिव दुई करोड, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट, नुवाकोट) करिब १० करोड रुपैयाँ, हेवाखोला जलविद्युत आयोजना ५ मेगावाट(प्रस्तावित ९.९ मेगावाट) १० करोड, सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट)मा ७ करोड, सभाखोला सी जलविद्युत आयोजनामा ३ करोड, लान्द्रुक मोदी जलविद्युत आयोजनामा ८ करोड, सुपर त्रिशूली जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।

टुङ्गुन ठोस्ने जलविद्युत आयोजनामा करिब १५ करोड, माया खोलामा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

यता, लाङटाङ खोला जलविद्युत आयोजनामा वा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएको छ । क्षतिको रकम एकिन हुन बाँकी छ ।

पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको भने क्षति एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...