CG Electronics
IME Life
Ncell NPL

टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको मूल्य रु १९,९९० राखिएको छ।

सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ। ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० mAh ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ। साथै थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ।

टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले भने, “स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको छ। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भीडमा फरक पहिचान दिलाउँछ।” टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले भने, “टेक्नोले सधैं आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।”

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ।

टेक्नो ७० भन्दा बढी देशमा संचालन हुने नवीन प्रविधिको ब्रान्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ। “स्टप एट नथिङ” नाराका साथ, टेक्नोले उपभोक्तालाई उत्कृष्ट डिजिटल अनुभव दिन प्रेरित गर्दै प्रविधिमा निरन्तर अगाडि बढ्ने वाचा गरेको छ।

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन ‘रोड शो’ सफलतापूर्वक सम्पन्न

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन ‘रोड शो’...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:५४

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्काशन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया...

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल टेक रोडशो यूएसए २०२६” घोषणा

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३८

  काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस...

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन बनायो, ग्राहकलाई अतिरिक्त सुविधा

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३४

  काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८...

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न, ५०प्रतिशत बोनस शेयर घोषणा

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:१८

  काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...