सप्ताहव्यापी कार्यक्रम गरेर सातौँ वार्षिकोत्सव मनाउँदै सिटिजन लाइफ

Friday Oct 18, 2024
वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०३:५९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धि तपाईँको, साथ हाम्रो’ भन्ने नाराका साथ अघि बढेको सिटिजन लाइफ इन्स्योरेन्सले २०७४ साल कार्तिक २ गतेबाट व्यावसायिक कारोबार शुरु गरेको थियो ।
यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरू मार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको सुनौलो अवसरमा सप्ताह व्यापी कार्यक्रमहरू आजबाट सुचारु गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।
यस वार्षिकोत्सवमा पनि, एक सप्ताह चल्ने गरी संस्थागत सामाजिक उत्तरदायित्व सँगै अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । यस वर्ष विशेष प्राथमिकतामा बीमा सचेतना कार्यक्रम राखिएको छ । अहिलेको सन्दर्भमा हेर्दा अझै पनि धेरै नेपालीहरूमा जीवन बीमा सम्बन्धी जानकारी एवम् चेतनाको कमी रहेकोले जनसमुदायमा जीवन बीमा प्रतिको जनचेतना वृद्धिका लागि विभिन्न ठाउँमा भव्य रूपमा सडक र्याली, घर दैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
वार्षिकोत्सवको दिन नेपालमा रहेको जातीय विविधतालाई मनाउने अवसरको रूपमा लिँदै कम्पनीले यस वर्षदेखि ‘ विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुवात गरेको छ र विविधतामा एकतालाई प्रवर्द्धन गर्ने र संस्थामा रहेका कर्मचारीहरू बीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक अर्काको संस्कृति बारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।