Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

‘महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले समाजमा रहेका लैंगिक विभेदहरुलाई अन्त्य गर्दै महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरु सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नागरिक समाजको प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका सक्ने भएका कारण आफू महिला अधिकार सुनुश्चित गर्नको लागि तत्पर रहेको बताएका हुन् ।

उनले भने, ‘सरकार र सम्बन्धित संस्थाहरु मिलेर समाजमा रहेका लैंगिक विभेदहरुलाई अन्त्य गरी महिला तथा बालबालिकाका लागि समान अधिकार र अवसरहरु सुनिक्षित गर्न, समान अवसरका लागि मार्ग प्रशस्त गर्न सकिन्छ । महिला सशक्तिकरण आवश्यक छ । र महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन् भन्ने कुरामा म आफै दृढ विश्वस्त छु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु ।’

उनले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामूलक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘त्यसैले महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामुलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

यो सम्मेलन महिला र बालबालिकाको सशक्तिकरणमा ठुलो योगदान पुर्याउनेछ भन्ने आशा व्यक्त गर्दछु । महिला तथा बालबालिकाको सशक्तिकरणका लागि भएका समस्याहरुलाई उजागर गर्दै समाधानको बाटो पहिल्याउनेछ भन्ने आशा गर्दै तथ्यपरक प्रतिवेदन बन्नेछ भन्ने विश्वास लिन चाहान्छु,’ उनको भनाइ छ ।

 

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...