CG Electronics
Ncell NPL
NIMB

भक्तपुर क्याम्पस र नगरपालिकाबीच द्वन्द्व  : ‘आतकं’ बन्द गर्न विद्यार्थीको माग

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

भक्तपुर । भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्यापुखु(पोखरी)को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद थप पेचिलो बन्दै गएको छ ।

क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न नगरपालिका र क्याम्पस प्रशासनबीच संवाद जारी रहेकैबेला क्याम्पसको संचरनामा डोजर चलाएर भत्काएपछि स्थिति अजहज बन्दै गएको हो ।

पटक पटक लिखित जानकारी गराउँदा पनि क्याम्पस प्रशासनले अटेर गरेपछि नगरपालिकाले डोजर चलाएको दाबी गरेको छ । तर क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको जग्गामा नगरपालिकाले जबरजस्ती गरेको आरोप लगाएको छ । गेट, खानेपानी ट्यांकीलगायतका संरचना भत्काइएपछि क्याम्पस प्रशासनले सुरक्षाको माग गरेको छ भने संरचना पुनःनिर्माणको माग अघि सारेको छ ।

त्रिभुवन विश्वविद्यालयले गठन गरेको जग्गा छानविन आयोगले हालै मात्र स्थलगत अवलोकन गरेको र त्यसको प्रतिवेदन बुझाएपछि आएको निर्णयानुसार दुवैको सहमतिमा काम गर्ने भनेर नगरपालिकालाई जानकारी गराइएको भएपनि जबरजस्ती गरेको आरोप छ ।

तर नगरपालिकाले दक्षिणतर्फको डिल खोल्नलाई क्याम्पसले आनाकानी गरेको बताएको छ । उक्त विषय हाल व्यक्तिगत आरोप प्रत्यारोप र लाल्छनामा केन्द्रीत भएको छ । क्याम्पस र नगरपालिकाबीच उक्त डिल र जग्गाको सीमाविवाद सम्बन्धमा आइतबार दुई पक्षबीच छलफल समेत भएको थियो ।

नगर प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालबीच भाज्यापुखुको दक्षिणपट्टिको डिल खोल्ने र क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने सम्बन्धमा छलफल भएको छ ।
डिल खोल्ने र क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा भाज्यापुखु र क्याम्पस दुवैको सौन्दर्यमा वृद्धि हुनेगरी छलफल चलिरहेपनि नगरपालिकाले डोजर चलाएको विषयलाई लिएर क्याम्पस प्रशासन रुष्ट छ । आठसय बर्ष पूरानो मानिएको उक्त पोखरी २०२१ सालमा नापीनक्सा हुँदा कित्ता नम्बर २४१ र पोखरीको चारैतर्फको डिल कित्ता नम्बर २४२ कायम गरी २०३३ सालमा चारैतर्फको डिल क्याम्पसको नाममा दर्ता भएको तथ्य भेटाइन्छ ।

क्याम्पस प्रमुख कविता लुइँटेलका अनुसार त्रिविको नाममा रहेको जग्गा संरक्षण गर्ने जिम्मेवारी आफूहरुको भएकाले भत्काउने होइन संरक्षण गर्नुपर्छ । ‘नगरपालिकाको पत्र हामीले पाएका हौं । त्रिविलाई जानकारी गराएर छलफलको तयारीमा थियौं ।

डोजर चलाउने विषयमा हामीसँग जानकारी थिएन तर जबरजस्ती गरियो । जग्गा संरक्षण गर्ने दायित्व क्याम्पसको हो । त्यो जिम्मेवारी हामी पूरा गर्छौं,’उनले भनिन्,‘संवाद जारी रहेकैबेला संरचना भत्काउँदा स्थिति बदलिएको छ । अब त्रिवि र नगरपालिकाबिच संवाद एवम सहमति नभएसम्म विवाद साम्य हुँदैन् ।’

सोही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)सभापति पुकार पराजुली क्याम्पस परिषद्को संरचना डोजर लगाएर भत्काउने विषयमा नगरपालिकाले पत्राचार गरेको आफूलाई जानकारी नभएको बताए ।

‘क्याम्पस प्रशासनलाई बुझ्दा चैत्र ६ गते नगरपालिकाले पत्र पठाएको तर डोजर चलाउने प्रसंग उल्लेख गरेको छैन । त्रिविले जग्गा छानविन आयोग गठन गरेर प्रतिवेदन तयारी भइरहेको अवस्थामा नगरपालिकाले दादागिरी देखायो,’ उनले भने, ‘नगरपालिकाले पठाएको पत्र र भत्काइएको संरचनाकाबिच कुनै तालमेल देखिदैन ।

नगरपालिका क्याम्पसको पठनपाठनप्रति जिम्मेवार पटक्कै देखिदैन । क्याम्पसमा भर्ना खोलेको समयमा शैक्षिक गतिविधि विथोल्ने प्रयास नगरपालिकाले गरेको छ । डोजर आतंक मच्चाएर समस्या समाधान हुनेवाला छैन । विद्यार्थीको शैक्षिक मानसिकता विगारेर नगरपालिका र त्रिविले गैरजिम्मेवारपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस्तो कदमको हाम्रो गम्भीर असहमति छ । चाँडो समाधान निकाल्नुपर्छ ।’

तर नगर प्रमुख प्रजापति पोखरी र क्याम्पस दुवैलाई राम्रो एवम सुन्दर बनाउन खोज्दा त्रिविले कुनै चासो नदेखाएको बताए । क्याम्पस र पोखरी दुवै सरकारी सम्पत्ति भएकाले संरक्षण गर्ने दायित्व नगरको भएको पनि उनको बुझाइ छ ।

‘हामीले पटक पटक क्याम्पसलाई पत्राचार गरेका हौं । त्रिवि, मन्त्रालय सबैतिर पुगेर समस्या समाधानका लागि प्रयास गर्यौं । मापदण्ड अनुसार मात्र संरचना बनाउनुहोला र नभए भत्काउछौं भनेकै थियौं । सबैलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि डोजर चलाएका हौं,’ उनले भने,‘त्रिविका पदाधिकारीहरुसँग कुरा भइसकेको छ अब चाँडै समाधानको बाटो खोज्नेछौं । क्याम्पस र पोखरीलाई सुन्दर बनाउनेछौं । द्वन्द्व निम्ताएर हामी कसैलाई फाइदा नहुने भएकाले समझदारीको बाटोमा अघि बढ्नेछौं । सहमति नभए नगरपालिकाको नियम अनुसार अघि बढ्छौं ।’

नगरपालिका र क्याम्पस प्रशासनको आ–आफ्नै तर्कका कारण क्याम्पस परिसरका संरचना भत्काउँदा अवस्था असहज भएको छ । संरचना भत्काएर लथालिंग छाड्दा क्याम्पस परिसर कुरुप देखिएको छ । विद्यार्थीहरुले आफूहरुको शैक्षिक वातावरण खल्बलिएको, हिडडुल गर्न कठिन भएको र जुनसुकै बेला धरपकड हुने संभावनाका कारण असुरक्षित महसुश गरेका छन् ।

स्ववियू सभापति पराजुली शैक्षिक गतिविधि चलिरहेका बेला डोजर चलाउने, धरपकड गर्ने र हातपात गर्ने जस्ता गतिविधि जारी राखे विद्यार्थीहरु आन्दोलनमा उत्रिने बताए । ‘हामी जग्गा र संरचनाको विवाद भन्दा पनि विद्यार्थीको पठनपाठन राम्रो हुनुपर्छ भन्ने हो । छानविन आयोगको प्रतिवेदन अनुसार तत्काल समस्या समाधान होस भन्ने हाम्रो माग हो । धरपकड गरेर विद्यार्थीहरुको मानसिकता विगार्न पाइँदैन,’ उनले भने ।

 

 

 

CG Electronics
काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस र एमाले पछि

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण...

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो वृद्धि

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२१

  काठमाडौँ । शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।...

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता, कांग्रेसका गगनको ३७९ मत

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता,...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:५६

सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा...

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६ हजार बढी मतले अगाडि

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:४२

  काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी...