Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पोमा उत्साहजनक सहभागिता, सोमबार समापन

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

ललितपुर । ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सोमबार सम्पन्न हुँदैछ । एक्स्पोमा शुक्रबार र आइतबार अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजकको भनाइ छ । शुक्रबार सुरु भएको एक्स्पो सोमबारसम्म चल्नेछ । यस अगाडि आइतबारसम्म चल्ने भनिएको एक्स्पोलाई भारी वर्षाका कारण शनिबार एकदिन स्थगित गर्नुपरेकाले एक दिन थप गरिएको हो ।

धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन क्षेत्रमा ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजले एक्स्पो आयोजना गरेको हो । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ आयोजित एक्स्पोको अन्तिम दिन सोमबार अवलोकनकर्ताको अझै बढी आकर्षण देखिने आयोजकको विश्वास छ ।

ऐतिहासिक पाटन क्षेत्रको प्रचार प्रसार तथा प्रवर्द्धनका साथै यहाँको समग्र विकासमा एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवर्द्धनात्मक लगायत गरी २५ वटा स्टल छन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरु प्रदर्शनीमा राखिएको रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकारले बताइन् ।

क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी र्याम्प वाल्क एक्स्पोको अन्तिम दिन सोमबार हुँदैछ । र्याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहदै आएको छ ।

एक्स्पोलाई प्रायोजकको साथ

एक्स्पो सफल बनाउनका लागि पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं. १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको), हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइ होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसनले साथ दिएका छन् ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १२:५८

  काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस...

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको पनि साथ

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४२

  काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड...