Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुन्छ : उर्जामन्त्री खड्का

Machhapuchchhre Bank Limited

काठमाडौँ, १३ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले राष्ट्रिय सभामा छलफलको रुपमा रहेको नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुने बताउनुभएको छ ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा आज केन्द्रको कार्यालय ताहचलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नविकरणीय उर्जाको विकासका लागि उक्त विद्येयकलाई चाँडो पास गरिने बताउनुभएको हो ।

“नविकरणीय उर्जालाई समयसापेक्ष रुपमा विकास गर्नका लागि आवश्यक विद्येयक, ऐन, नियमलाई चाँडो पास गछौँ,”– मन्त्री खड्काले भन्नुभयो । उहाँले नविकरणीय उर्जा र उर्जा दक्षताको विकासका लागि लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

उर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्नका लागि केन्द्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । “हामीसँग भएको स्रोत र साधनको भरपुर प्रयोग गरी सरकारले राखेको लक्ष्य पुरा गर्न लाग्नुपर्छ,”–उहाँले भन्नुभयो ।

मन्त्री खड्काले द्धन्द्धकालको समयमा स्थानीय तहमा विद्युत अवरोध हुँदा केन्द्रले गाउँगाउँमा गएर पु¥याएको सहयोगको सराहना गर्नुभयो । उहाँले विदेशीले ऋण, सहयोग र अनुदान नेपाली जनतालाई सम्झेर दिएको भन्दै उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत आग्रह गर्नुभयो ।

उर्जामन्त्री खड्काले सरकारले निश्चित उदेश्य राखेर नेपाल विद्युत प्राधिकरण, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, विद्युत विकास विभागजस्ता संस्था स्थापना गरेकाले ईमान्दार भएर लक्ष्यप्राप्तीमा लाग्न आग्रह गर्नुभयो । उहाँले विद्युत नपुगेका घरमा विद्युत पु¥याउन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले नविकरणीय उर्जाको पहुँचमार्फत विद्युतको पहुँच पु¥याउन र देश खाना पकाउने स्वच्छ उर्जा प्रविधि प्रवद्र्धनका लागि केन्द्रले गरेका कार्यहरु सराहनीय रहेको बताउनुभयो । राज्यमन्त्री तामाङले देशव्यापी नविकरणीय उर्जाको पहुँच विस्तार गर्नका लागि केन्द्र अझै शशक्त ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारणको लाईन नपुगेका क्षेत्रमा सौर्य उर्जामार्फत विद्युत प्रवाहमा केन्द्रले खेलेको भूमिका सकारात्मक रहेको बताउनुभयो । उहाँले केन्द्रले विद्युतमार्फत ग्रामीण व्यवसायको विकासमा पु¥याएको योगदानको उच्च प्रशंशा गर्नुभयो ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले स्थापनाकालदेखि हालसम्म आइपुग्दा ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत आयोजना निर्माण गरिसकेको बताउनुभयो ।

यस्तै, ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, नौ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान, चार हजार ३३२ संस्थागत सौर्य विद्युत प्रणाली जडान, तीन हजार ९७ किलोवाट पिक सौर्य मिनिग्रीड जडान गरिसकेको जानकारी दिनुभयो । केन्द्रले हालसम्म देशको करीव ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पु¥याएको कार्यकारी निर्देशक ढकालको भनाई छ ।

केन्द्रका नायव कार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारीले विद्युत पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको बताउनुभयो । हाल देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् भने उक्त कम्पनीमार्फत ४० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

सोही अवसरमा मन्त्री खड्काले नविकरणीय उर्जा तथा उर्जा विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुभएको थियो । केन्द्रको वार्षिकोत्सवका अवसरमा आज विहान रक्तदान समेत आयोजना गरिएको थियो ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...