Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालको पहिलो अफरोडर एसयुभि जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक

 

काठमाडौं । एसपीजी अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ।

 

ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथिहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रह्यो।

नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ-रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो। इभि तथा गाडी पारखीमाझ यस एसयुभिले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको छ।

 

हालसालै धुलिखेलस्थित डर्ट-टेम्पल अफ-रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफूलाई एक उत्कृष्ट अफ-रोडर इलेक्ट्रिक एसयुभिका रूपमा स्थापित र प्रमाणित गरेको छ। यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ-रोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभूति दिलाउँछ।

जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार-उपयोगी विशेषताहरू प्रदान गर्दछ। जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ जुन अन्य एसयुभिहरूमा प्राय पाइँदैन। जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ। जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ।

एक्स्ट्रिम यु-टर्न गर्ने बेलामा गाडीको ‘अल-टरेन् मोड’ एक्टिभेट हुन्छ जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ। स्लोप, लो-ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ। साथै स्लो क्रलिङका लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफ-रोडमा भरपर्दो अनुभव प्रदान गर्दछ।

साथै जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ। यसको वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटि सेभेन’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ। जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर-वेडिङ डेप्थ प्रदान गर्छ। यही वेडिङ क्षमताले पानी, हिउँ, हिलो, ग्राभल वा जुनसुकै परिस्थितिमा पनि सहज ड्राइभिङ अनुभव कायम गर्दछ।

यस गाडीको अरू विशेषतामा ‘मोटर-ड्रिभन’ चार्जिङ पोर्ट र सुन्दर डिजाइनको ‘थ्रि-स्पोक’ स्टेयरिङ ह्विल पर्दछ। यसको सेन्टर कन्सोलमा कप होल्डरहरू एडजस्ट गर्न सकिने र फ्लेक्सिबल छन्। साथै, एउटा उत्कृष्ट विशेषतामा वायरलेस फोन चार्जिङ एरिया पर्दछ जसमा मोबाइल डिभाइसलाई तापक्रम ‘कुल’ राख्नका लागि भेन्टिलेसन सिस्टम पनि समावेश गरिएको छ।

 

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी...

वि.सं.२०८२ असार ७ शनिवार २१:४२

काठमाडौं । व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो...

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब...

वि.सं.२०८२ असार ७ शनिवार १९:२२

  काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका...

नाडा अटो शो २०२५ भदौ ३ देखि, उद्घाटन अर्थमन्त्रीबाट

नाडा अटो शो २०२५ भदौ ३ देखि,...

वि.सं.२०८२ असार ४ बुधवार २०:३५

काठमाडौं। नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी...

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२७

  काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...