CG Electronics
IME Life
NIMB

मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार निर्णय सार्वजनिक गरेको हो ।

सार्वजनिक बुँदाहरुमा सरकारले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेका जग्गा खोज्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिको म्याद २ महिना थप गरिएको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका हुन् ।

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय  :

१. सरकार र भारतीय एक्जिम बैंकबिच भएको ऋण सम्झौता ीइऋ(क्ष्क्ष् र ीइऋ(क्ष्ख् को लाइन अफ क्रेडिट संशोधन गरी क्रमशः ३५० मिलियन अमरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृति दिने ।

२. नयाँ बुटवल लमही ४०० के।भी। प्रसारण लाइन आयोजनाको ्र टावर प्याड निर्माण गर्न रूपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा करिब ०।२६ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

३. नेपाल प्रहरीको जनपद समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग, नक्सालमा प्राविधिकरस्वास्थ्य समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्राविधिक प्रहरी नायव महानिरीक्षक डा। सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा पदस्थापन गर्ने ।

४. सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलनअन्तर्गत ध्यचमि ीभबमभचक ऋष्mिबतभ ब्अतष्यल क्गmmष्त मा सहभागी हुन मिति २०८१ कात्तिक २५ देखि कात्तिक ३० सम्मको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।

५. भूमि व्यवस्था सहकारी तथा गरिबी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत निवारण मन्त्रालय सञ्चालित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजना कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१÷८२ को लागि अधिकृतस्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

६. भूमि समस्या समाधान आयोगको अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा देहायबमोजिमका व्यक्तिहरूलाई नियुक्त गर्ने :

१. श्री हरि प्रसाद रिजाल, प्यूठान ( अध्यक्ष)

२. श्री सनत कुमार कार्की, जाजरकोट
(उपाध्यक्ष)
३. श्री गुञ्ज बहादुर खड्का, महोत्तरी
(सदस्य)
४. श्री अनिल कृष्ण प्रसाई, झापा
(सदस्य)
५. डा. जगत बहादुर बस्नेत, सिन्धुपाल्चोक ( सदस्य विज्ञ)
६ं श्री टेक बहादुर शाह, कैलाली
७ . श्री गोवर्द्धन कोली, दार्चुला

(दलित)
८ श्री आरती भण्डारी, तनहुँ (सदस्य महिला)

७. माछा खोला जलविद्युत आयोजना निर्माणको लागि गोरखा जिल्लाको धार्चे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४।९५ ्र हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने ।

९.२०८१ कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा स्पेनको म्याड्रिडमा आयोजना हुने त्यधबचमक ब ीबदयच क्ष्लतभचलबतष्यलब िको सम्मेलनमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।

१०. ग्लष्तभम ल्बतष्यलक ज्गmबल क्भततझिभलतक एचयनचबmmभ ९ग्ल्(ज्बदष्तबत० आयोजनामा इजिप्टको कायरोमा २०८१ कात्तिक १९ देखि २३ सम्म आयोजना हुने ज्ञद्दतज क्भककष्यल या तजभ ध्यचमि ग्चदबल ्रँयचगm कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान गर्ने।

११. सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण नियमावली, २०८१ स्वीकृत गर्ने ।

१२. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गर्ने ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...