Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक

 

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार निर्णय सार्वजनिक गरेको हो ।

सार्वजनिक बुँदाहरुमा सरकारले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेका जग्गा खोज्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिको म्याद २ महिना थप गरिएको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका हुन् ।

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय  :

१. सरकार र भारतीय एक्जिम बैंकबिच भएको ऋण सम्झौता ीइऋ(क्ष्क्ष् र ीइऋ(क्ष्ख् को लाइन अफ क्रेडिट संशोधन गरी क्रमशः ३५० मिलियन अमरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृति दिने ।

२. नयाँ बुटवल लमही ४०० के।भी। प्रसारण लाइन आयोजनाको ्र टावर प्याड निर्माण गर्न रूपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा करिब ०।२६ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

३. नेपाल प्रहरीको जनपद समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग, नक्सालमा प्राविधिकरस्वास्थ्य समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्राविधिक प्रहरी नायव महानिरीक्षक डा। सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा पदस्थापन गर्ने ।

४. सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलनअन्तर्गत ध्यचमि ीभबमभचक ऋष्mिबतभ ब्अतष्यल क्गmmष्त मा सहभागी हुन मिति २०८१ कात्तिक २५ देखि कात्तिक ३० सम्मको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।

५. भूमि व्यवस्था सहकारी तथा गरिबी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत निवारण मन्त्रालय सञ्चालित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजना कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१÷८२ को लागि अधिकृतस्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

६. भूमि समस्या समाधान आयोगको अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा देहायबमोजिमका व्यक्तिहरूलाई नियुक्त गर्ने :

१. श्री हरि प्रसाद रिजाल, प्यूठान ( अध्यक्ष)

२. श्री सनत कुमार कार्की, जाजरकोट
(उपाध्यक्ष)
३. श्री गुञ्ज बहादुर खड्का, महोत्तरी
(सदस्य)
४. श्री अनिल कृष्ण प्रसाई, झापा
(सदस्य)
५. डा. जगत बहादुर बस्नेत, सिन्धुपाल्चोक ( सदस्य विज्ञ)
६ं श्री टेक बहादुर शाह, कैलाली
७ . श्री गोवर्द्धन कोली, दार्चुला

(दलित)
८ श्री आरती भण्डारी, तनहुँ (सदस्य महिला)

७. माछा खोला जलविद्युत आयोजना निर्माणको लागि गोरखा जिल्लाको धार्चे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४।९५ ्र हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने ।

९.२०८१ कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा स्पेनको म्याड्रिडमा आयोजना हुने त्यधबचमक ब ीबदयच क्ष्लतभचलबतष्यलब िको सम्मेलनमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।

१०. ग्लष्तभम ल्बतष्यलक ज्गmबल क्भततझिभलतक एचयनचबmmभ ९ग्ल्(ज्बदष्तबत० आयोजनामा इजिप्टको कायरोमा २०८१ कात्तिक १९ देखि २३ सम्म आयोजना हुने ज्ञद्दतज क्भककष्यल या तजभ ध्यचमि ग्चदबल ्रँयचगm कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान गर्ने।

११. सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण नियमावली, २०८१ स्वीकृत गर्ने ।

१२. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गर्ने ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...