CG Electronics
IME Life
NIMB

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको हो ।

आकस्मिक बीमा कोषको उत्तराधिकारी संस्थाको रूपमा वि.सं २०७१ कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको हो । विदेशी मुद्रा भित्राउन यस कम्पनीको स्थापना भएको थियो ।

विश्वका ३ दर्जन बढी देशमा व्यवसायिक सम्बन्ध स्थापित गरी कम्पनीले विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ । प्रतिस्पर्धी बजारमा पुनर्बीमा कम्पनीलाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौति र अवसर रहेको छ ।

१० अर्ब चुक्ता पुँजीबाट सुरु भएको यस कम्पनीको हाल १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुँजी पुगेको छ । कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत, नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताको ३९.९६१ प्रतिशत र सर्वसाधारण सेयरधनीको १६ प्रतिशत सेयर स्वामित्व छ ।

हाल कम्पनीमा स्थायी ४७ जना, करार ६ जना, व्यवस्थापन पर्शिक्षार्थी एक र सहायक प्रशिक्षार्थी २ जना कर्मचारी कार्यरत रहेको जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा छन् भने अध्यक्ष देव राज ढुंगाना रहेका छन् ।

कम्पनीले विभिन्न जोखिम समुहको बीमा, पुनर्बीमा तथा बीमा दाबी भुक्तानी व्यवस्था मिलाउन गठन हुने बीमा पुलको स्थापना तथा व्यवस्थापन गर्ने, पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुन आउने पुनर्बीमा तथा बीमा शुल्कबाट सिर्जित बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्ने, स्वदेशी तथा विदेशी बीमकहरुले गरेको बीमा तथा पुनर्बीमा व्यवसायको आफूले ग्रहण गरेको बीमा तथा पुनर्बीमामा आफूले धारण गर्ने भन्दा बढी जोखिम रकम पुनः पुनर्बीमा (रेट्रोसेसन) गराउने काम गर्छ ।

यस्तै, सम्बन्धित निकायको स्वीकृति लिई स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरुसँग आवश्यकता अनुसार पुनर्बीमा ब्रोकरहरुको सेवा लिई वा सो संयुक्त रुपमा वा छुट्टाछुट्टै पुनर्बीमा गर्ने गराउने, आफूले ग्रहण गरेका पुनर्बीमा तथा बीमा व्यवसाय अन्तर्गत उत्पन्न भएका दाबी एवं व्यवस्थापन गरेका बीमा कोष अन्तर्गत उत्पन्न हुने दाबी भुक्तानी सम्बन्धी कार्य गर्ने, बीमकहरुले गरेको बीमा व्यवसाय अन्तर्गतको प्रत्यक्ष हिस्सा ग्रहण गर्ने कम्पनीको कर्तव्य हो ।

कम्पनीले पुनर्बीमा अन्डरराइटिस, पुनर्बीमा दाबी भुक्तानी, पूल म्यानेजमेन्ट, रेट्रोसेसन लगायतका पुनर्बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु कम्पनीले प्रदान गर्छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...