CG Electronics
Ncell NPL
TATA Banner

आज हरिबोधिनी एकादशी पर्व : तुलसी र दामोदरको विवाह गरी मनाइँदै

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने हरिबोधिनी एकादशी प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिने प्रचलन पनि रहेको छ ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर...

वि.सं.२०८२ मंसिर २१ आइतवार २१:५९

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:५२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त...

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:१८

  काठमाडौँ । नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...