CG Electronics
IME Life
NIMB

मोफसलबाट प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो नेपाली आईटी कम्पनी बन्यो ‘डाइनामिक टेक्नोसफ्ट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६-८ मा आयोजना गरिएको डिजिटल समिटमा डाइनामिक टेक्नोसफ्टले ‘असोसियो एडटेक अवार्ड २०२४’ (ASOCIO EdTech Award 2024) प्राप्त गरेको हो ।

असोसियो एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ । यस वर्षको डिजिटल समिटमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्वकर्ता, नवप्रवर्तक र विशेषज्ञहरूको उपस्थितिमा डाइनामिक टेक्नोसफ्टलाई ‘एडटेक अवार्ड २०२४’ प्रदान गरिएको हो ।

डाइनामिक टेक्नोसफ्टको स्थापनामा वीरगंजमा सन् २०१० मा भएको हो । मोफसलमा स्थापना भई देशका विभिन्न जिल्लामा आफ्नो बलियो बजार विस्तार गर्न सफल डाइनामिक टेक्नोसफ्ट अहिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गरिसकेको छ ।

मोफसलमा खुलेका कम्पनीमध्ये प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो कम्पनी डाइनामिक टेक्नोसफ्ट बनेको छ । यस अवार्डले आईटी क्षेत्रमा डाइनामिक टेक्नोसफ्टको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक साहले बताए ।
“हामीले नेपाली आईटी क्षेत्रको क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै लगेका छौँ,” सीईओ साहले भने, “यसै क्रममा पाएको असोसियो अवार्डले हामीलाई अगाडि बढ्न थप प्रेरणा मिलेको छ ।”

कम्पनीले विशेषगरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि डाइनामिक एकेडेमिक ईआरपी, डाइनामिक एकाउन्ट ईआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर विकास गरेको छ । कम्पनीबाट उत्पादित सफ्टवेयरहरू ठूला व्यावसायिक घराना, अस्पताल, उद्योग, व्यवसायिक संघ-संस्थाहरू र करिब दुई हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

डाइनामिक टेक्नोसफ्टले नेपालमा वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा र जनकपुरमा शाखा विस्तार गरिसकेको छ भने भारतमा समेत तीव्र रूपमा आफ्नो बजार बढाइरहेको छ । विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले विकसित गरिएको डाइनामिक एकेडेमिक ईआरपी र यसको मोबाइल एप एक हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

सीईओ साहका अनुसार कम्पनीले नेपाल र भारतमा मात्र सीमित नराखी आगामी समयमा भुटान, बंगलादेशजस्ता एसियाली मुलुकमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले व्यवसाय बढाई नेपालमा थप रोजगारी सिर्जना गर्ने र देशको प्रविधि क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

साहले भने, “नेपालमा सरकारी निकायले नेपाली कम्पनीहरूप्रति विश्वास नगर्ने प्रवृत्तिले उद्योगहरूको मनोबल घटाएको छ । हामी विश्वस्त छौँ कि नेपाली आईटी कम्पनीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम छन्, तर सरकारी समर्थन अभावले हामीलाई चुनौतिपूर्ण परिस्थितिमा राखेको छ ।”

डाइनामिक टेक्नोसफ्टले दुगड ग्रुप, सिप्रदी, हुलास स्टिल, गोदावरी ग्रुप जस्ता ठूला उद्योगहरूको लागि सफ्टवेयर सेवा प्रदान गर्दै आएको छ । हाल यस कम्पनी वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्ने र २०० भन्दा बढीलाई रोजगारी दिने स्थितिमा पुगेको छ ।

यसअघि डाइनामिक टेक्नोसफ्टले नेसनल आईसीटी अवार्ड २०२४ समेत प्राप्त गरेको थियो । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गरेको भन्दै डाइनामिक टेक्नोसफ्टलाई सातवटै प्रदेशतर्फको नेसनल आईसीटी अवार्ड दिइएको थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...