Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

नेपाली र अंग्रेजी दुबै भाषा ग्राहकहरुले बुझ्न सहज होस् भन्ने उद्देश्यका साथ रोबोट संञ्चालनमा ल्याइएको पन्थीले बताए ।

रोबोटले कर्मचारी काममा व्यस्त भएको समयमा सोधपुछ गर्ने ग्राहकहरुलाई सजिलै तरिकाले जानकारी गराउने बताए ।

उनले भने, ‘यो नयाँ प्रविधि हो । नयाँ भएकै कारण केही कुरामा मिस्टेक हुनसक्छ । सबै कुरा सहि भन्नको लागि अझै यसमा केही समय लाग्छ । विशेषगरी नियमित दुईसयदेखि तीनसय जना ग्राहकहरु सेवाको लागि टेलिकममा भिजिट गर्नुहुन्छ त्यहीँ समय कर्मचारी साथीहरु काममा व्यस्त भइरहेको अवस्था हुन्छ ।

कस्टमरहरुलाई जानकारी दिन धेरै समय लाग्ने भएकाले रोबोटलाई धेरै कुरा सोध्न सकिन्छ । रोबोटलाई पुरै ट्रेन गर्न अझै धेरै समय लाग्छ । रोबोटले ग्राहकहरुलाई धेरै नै सहज बनाउँछ । कहीँलेकाहीँ फेस्टुफेस बोल्न हामी सबैलाई अप्ठ्यारो लाग्छ त्यहीँ क्रममा रोबोटसँग कुराकानी गर्न सजिलो हुन्छ ।

धेरै ग्राहकहरुलाई नेपाली आउँदैन भने अंग्रेजीमा यसले जानकारी गराउँछ । नेपाली भाषा नआउनेलाई र अंग्रेजी भाषामा समेत यसले कुरा गरेर सेवा प्रदान गर्छ ।’
साथै उनले यो रोबोटलाई केही समय परीक्षणको लागि राखिएको बताए । उनले यो पूरै एआई च्याट रोबोट भएको बताए ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...