राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ?
Sunday Nov 17, 2024
वि.सं.२०८१ मंसिर २ आइतवार २१:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कार्यकारी प्रतिवेदन पेश गरेको छ । आइतबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलाई उक्त कार्यकारी प्रतिवेदन सारांश पेश गरिएको हो ।
प्रतिवेदन सारांश बुझ्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु रहेको बताए । उनले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा दबाबमा वा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था भएको बताए ।
उनले भने, ‘हामीले आशा गरिरहेका छौं की हामीसँग अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु छन् । तर सँगसँगै धेरै चूनौतिहरु पनि देखा परिरहेको अवस्था छ । अहिले हामीले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था छ ।’
साथै गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको देखिएको छ ।
गत आर्थिक वर्षमा कुल राजस्व संकलन १० खर्ब ८२ अर्ब रुपैयाँ सकलन भएकोमा सरकारी खर्च १४ अर्ब ८ अर्ब रुपैयाँ भएको थियो ।
राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म ७३ अर्ब ढ९ करोड ९० लाख बराबरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरु चलनचल्तीकोलागि निष्काशन गरेको थियो ।२०८१ असार मसान्तसम्म कुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका नोटहरु चलनचल्तमिा रहेका छन् ।
गत आर्थिक वर्षमा १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड विदेशी ऋणको लेखाङकन भएको छ ।
यस्तो छ प्रतिवेदनको कार्यकारी सारांश
१. विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोष ९क्ष्ःँ० द्वारा २०२४ अक्टोबरमा प्रकाशित ध्यचमि भ्अयलयmष्अ इगतयियप अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।
२. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ ।
३. आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।
४. आर्थिक वर्ष २०८०÷८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
५. आर्थिक वर्ष २०८०÷८१ मा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४४० अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।
६. आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.२०४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
७. आर्थिक वर्ष २०८०÷८१ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.१० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च रु.१४ खर्ब ८ अर्ब २ करोड रहेको छ ।
८. आर्थिक वर्ष २०८०÷८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।
९. आर्थिक वर्ष २०८०÷८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरूमार्पmत कुल रु.४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल रु.८ खर्ब ४ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु.१ अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ ।
१०. आर्थिक वर्ष २०८०÷८१ मा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर ३.६२ प्रतिशत रहेको छ ।
११. यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०८१ असारमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक,
१७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११,५३० रहेको छ ।
१२. आर्थिक वर्ष २०८०÷८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति÷दायित्व १२.९ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई रु.७ खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति÷दायित्व १.३ प्रतिशतले घटेर रु.५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।
१३. निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रु.२ खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु.१४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ ।
१४. कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०÷८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको संख्या ९४ हजार ४ सय ७७ रहेको छ ।
१५. २०८१ असार मसान्तमा नेप्से सूचकाङ्क २२४०.४ विन्दु रहेको छ । बजार पुँजीकरण रु.३५ खर्ब ५३ अर्ब ६८ करोड कायम भएको छ । बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसंँगको अनुपात ६२.२९ प्रतिशत रहेको छ ।
१६. आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रिय स्तरका विकास बैंकहरूले ऋबउष्तब िब्मभत्रगबअथ ँचबmभधयचप, द्दण्ज्ञछ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएका छन् ।
१७. यस बैंक र वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको वासलातको आधारमा मौद्रिक सर्वेक्षण तयार गरी प्रकाशन गरिँदै आएकोमा आर्थिक वर्ष २०८०÷८१ बाट बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैंकसमेतलाई समेटी “वित्तीय क्षेत्र सर्वेक्षण” प्रकाशन गर्न शुरु गरिएको छ ।
१८. आर्थिक वर्ष २०८०÷८१ मा रु.७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । २०८१ असार मसान्तसम्ममा कुल रु.६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन् ।
१९. २०८१ असार मसान्तमा बैंकमा प्रशासनतर्फ १०७६ र प्राविधिकतर्फ ६२ गरी कुल ११३८ जना कर्मचारीहरू कार्यरत रहेका छन् । कार्यरत कुल मानव संसाधनमध्ये तहगत रुपमा हेर्दा अधिकृततर्फ ६३१, सहायकतर्फ ४३८ र श्रेणीविहीन कार्यालय सहयोगीतर्फ ६९ जना रहेका छन् ।
२०. यस बैंकको भौतिक पूर्वाधार निर्माण गर्ने सन्दर्भमा निर्माण व्यवसायी ऋक्ष्ऋइ(क्बmबलबलतबच व्ख् सँग भएको सम्झौता बमोजिम बालुवाटारस्थित केन्द्रीय कार्यालय भवन निर्माण भई मिति २०८१÷०३÷२८ मा हस्तान्तरण भईसकेको छ । यसैगरी, निर्माण व्यवसायी द्यक्ष्ीक्ष्ी(ऋयलतभअज व्ख् ल्बहब िप्बतजmबलमग सँग भएको सम्झौताअनुसार निर्माण भइरहेको थापाथलीस्थित भवनको समेत निर्माण कार्य सम्पन्न भई मिति २०८१ असोज ५ मा हस्तान्तरण भईसकेको छ ।
२१. आर्थिक वर्ष २०८०÷८१ मा च्त्न्क् क्थकतझ बाट कुल ८,२८,९७८ कारोबारमार्फत रु.३८३ खर्ब ६३ अर्ब ९५ करोड बराबरको नेपाली मुद्रा कारोबारको फछ्र्यौट तथा राफसाफ भएको छ ।
२२. आर्थिक वर्ष २०८०÷८१ मा रु.१० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु.५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको छ ।
२३. वाणिज्य बैंकहरूबाट क्गउभचखष्कयचथ क्ष्लायचmबतष्यल क्थकतझ ९क्क्ष्क्० मार्फत प्राप्त हुने तथ्याङ्क तथा विवरणहरूको अनुगमन गर्ने गरिएको तथा क्गउभचखष्कयचथ क्ष्लायचmबतष्यल क्थकतझ ९क्क्ष्क्० को इलकष्तभ क्ष्लकउभअतष्यल ःयमगभि लागु गरी समानान्तर रुपमा निरीक्षण प्रतिवेदन क्क्ष्क् मार्फत नै गर्नुपर्ने व्यवस्था गरिएको छ ।
२४. २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५ प्रतिशतले वृद्वि भई रु.२० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।
२५. आर्थिक वर्ष २०८०÷८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ÷हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ७६ करोड २३ लाख २१ हजार कायम भएको छ । मिति २०८१ कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु.३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।