CG Electronics
Ncell NPL
NIMB

सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योेरेन्स क।लि ले प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।

उक्त कार्यक्रममा प्र्रमुख अतिथि तथा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबै जना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए । सिइओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहानालाई सम्वोधन गर्न आपतमा राहात दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आवद्ध सम्पूर्ण अभिकर्ताहरुलाई दृढ विश्वासका साथ थप शसक्त भएर अघि बढ्न प्रेरित गरे । उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधै एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाएका थिए ।


कार्यक्रममा बोल्दै कम्पनीका चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेशामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रुपमा मेहनत गर्दा यहि पेशाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने बताए । चौलागाईले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्रिकलाको विषयमा उत्पे्ररणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाइफले ल्याएको विभिन्न विजनेस क्लवहरुको विषयमा जानकारी दिँदै कसरी ती क्लवहरुमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिदैँ यस प्रदेशबाट शुक्र र चन्द्र क्लवमा पर्न सफल मार्केटिङ्ग म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।

 

अभिकर्ताको तर्फबाट प्रतिनिधित्व गर्र्दै मार्केटिङ्ग म्यानेजर म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दुरदर्शी सोँच, ग्राहकमैत्री बीमा योजना, अभिकर्ता मैत्री वातावरणको कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताउनुभयो । उहाँले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ्ग म्यानेजरहरुलाई गरेको सम्मानले थप उर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएक थिए।

चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाई, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेश अन्तर्गतका शाखा, उपशाखा प्रवन्धक, कर्मचारी लगाएत २०० भन्दा बढी मार्केटिङ्ग म्यानेजरको उपस्थिति रहेको थियो ।

CG Electronics
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०२:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ...

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा जारी

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:३३

  काठमाडौँ । United Ajod Insurance Limited ले आगामी निर्वाचन...

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:४१

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि उपलब्ध गराउँदै...