CG Electronics
IME Life
NIMB

सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सीएफमोटोको नेपालका लािग आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एड्भेन्चर टुरिङ बाइक ४५० एमटीको डेलिभरी गर्नुका साथै उनीहरुका बिच एक सेलिब्रेसन सम्पन्न गरेको छ ।

गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको सो बाइक केही समय पछि बिक्री प्रारम्भ गरिएको थियो । त्यसपछि डेलिभरी दिन सुरु गरिएको बाइक धनीहरुका बिच एक प्रकारको सहकार्यका लागि समेत सो समारोह आयोजना गरिएको हो ।

डेलिभरी, सेलिब्रेसन र गफगाफका लागि सो कार्यक्रम सानेपास्थित इन्टरनेसनल क्लबमा आयोजना गरिएको थियो । ‘बाइक धनी र बाइक प्रेमी तथा कम्पनीका बिच एक प्रकारको सहकार्यका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।

आगामी दिनमा एड्भेन्चर बाइक र यसका वारेमा आफ्ना मनका कुरा सेयर गर्ने एक प्रकारको सहकार्य सम्बन्धी यस्तो कार्यक्रम आगामी दिनमा समेत गरिने छ,’ ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीले भने । हाल सम्म ५० भन्दा बढी बाइक डेलिभरी दिइएको र आगामी दिनमा अन्य बाइक समेत डेलिभरी गरिने उनले बताए । सो अवसरमा सहभागीहरुका बिच सीएफमोटो ४५० एमटीको वारेमा चर्चा गरिनुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

यो पनि पढ्नुहोस :
सीएफमोटोको उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा
सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ, जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...