Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ। टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो। लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए। लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना वारेमा जानकारी प्रदान गरेका थिए।

 

सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो। नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन्।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो। हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ। कम्पनीले वार्षिक रुपमा १४ लाख फोर ह्विलर २४ लाख टु ह्विलर सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको...

वि.सं.२०८२ असार ९ सोमवार २३:४०

काठमाडौं । विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...