Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ सुरु

 

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘करियर फेस्ट– २०२४’ सुरु भएको छ । सोमबार ग्रोथ सेलर्सको सहकार्यमा थाथापलीस्थित कलेजमा सुरु भएको करियर फेस्ट भोलि मंगलबारसम्म चल्नेछ ।

देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरूले फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी मात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यका साथ फेस्टको आयोजना गरिएको कलेजले जनाएको छ ।

ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा.प्याट्रिक म्याक्क्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्नका लागि पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

ग्रोथ सेलर्सका मार्केटिङ हेड अमरदिप मण्डलले ७० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको जानकारी दिए । साथै, उनले कम्पनीहरुले प्रत्यक्ष अन्तरवार्ता लिएर रोजगारीको अवसर समेत प्रदान गरिने पनि जानकारी दिए ।
हालसम्म आठ सय ९० जना विद्यार्थीले रजिष्टार गरिसकेको भन्दै भोलिसम्म एक हजार विद्यार्थी पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘यसमा ७४ वटा भन्दा बढि कम्पनीहरुको सहभागिता जनाउँदै छन् । आशा राखेका छौं दुई दिनमा एक हजार विद्यार्थीले रोजगारीको लागि आएर प्रत्यक्ष रुपमा आवेदन दिन सक्नेछन् । पदअनुसार सिनियर म्यानेजरसम्मका लागि आवेदन छ । आठसय ९० जना विद्यार्थीले रजिस्टार गरिसक्नुभएको छ । यदी रोजगारीको खोजीमा हुनुहुन्छ भने जोडिनुहोला भन्न चाहन्छु । ’

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...