CG Electronics
IME Life
NIMB

सिटिजन बैंकका ग्राहकलाई इजी डेन्टलमा विशेष सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । सिटिजन बैंक लिमिटेड र इजी डेन्टल महांकालबीच ग्राहकलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन सम्झौता भएको छ ।

सम्झौताअनुसार, सिटिजन बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका अतिरिक्त, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुटपनि उपलब्ध हुनेछ ।

सम्झौतामा बैंकका बौद्ध शाखाकी म्यानेजर मनिषा थापा र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

सिटिजन बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस्ता विशेष योजनाहरू ल्याएको बताएको छ । इजी डेन्टलले पनि आफ्नो ग्राहकलाई उच्चस्तरीय दन्त उपचार सेवा सहुलियतमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिलस्थित महांकाल खानेपानी संस्थान अगाडि रहेको छ ।

यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट साथै पार्किङ सुविधाको व्यवस्था गरिएको छ ।

सिटिजन बैंकले आफ्नो सबै शाखामार्फत स्वास्थ्य र सामाजिक सेवामा पहुँच विस्तार गर्दै आएको छ र यस्ता योजनाहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...