Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेप्से परिसूचक ८.३० अंकले घट्यो, कारोबार रकममा पनि कमी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ ।

बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ । व्यापार समूहले ९.२५ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ । यस समूहको वृद्धि विशाल बजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछिको प्रभाव हो । व्यापार समूहमा सूचीकृत दुई कम्पनीमध्ये विशाल बजार कम्पनी पूँजीकरणको हिसाबले साल्ट ट्रेडिङभन्दा १० गुणा ठूलो छ, जसका कारण यस समूहमा पूर्ण प्रभाव पार्दछ ।

बिहिवार अन्य समूहहरूमा मिश्रित प्रदर्शन देखिएको छ । विकास बैंक समूह १.०५ प्रतिशतले र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेका छन ्। तर, बैंकिङ ०.८७ प्रतिशत, फाइनान्स ०.९७ प्रतिशत, होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशत, लगानी ०.८७ प्रतिशत, उत्पादन ०.८६ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेका छन् ।

विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । पाँचथर पावर कम्पनीको मूल्य ८.३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१ प्रतिशत, जानकी फाइनान्सको ७.८ प्रतिशत र मितेरी विकास बैंकको ५.३ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र ङादी ग्रुप पावर रहेका छन् ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...