Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण

 

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेटजस्ता सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको हो ।

 

राष्ट्र बैंकको प्रतिवेदनका अनुसार बैशाख महिनामा मोबाइल बैंकिङमा ठूलो फड्को आएको छ । २०८१ को बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४२ लाख ४४ हजार ५१७ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ठुलो फड्को हो ।बैशाखमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ६३ लाख १४ हजार ९९६ पुगेको छ । वालेट सेवाको प्रयोग उल्लेखनीय रूपमा बढेर २ करोड ७८ लाख ५६ हजार ३२९ लेखन पुगेको छ । यसैगरी, क्यूआर कोडमार्फत भुक्तानीमा वृद्धि भएको छ ।

 

क्यूआर कोड भुक्तानीमार्फत १७ लाख ६३ हजार ९६५ कारोबार भएका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.५ प्रतिशतले वृद्धि भएको हो । यद्यपि, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या केही घटेर ३ लाख ७ हजार ३१६ मा सीमित भएको छ । यसैगरी, राष्ट्र बैंकको प्रतिवेदनका अनुसार २०८१ जेष्ठ (मध्य जुन २०२४) सम्मको भुक्तानी प्रणालीको तथ्यांक अनुसार पनि नेपालमा डिजिटल भुक्तानी प्रणालीको निरन्तर विकास र यसको बढ्दो लोकप्रियता स्पष्ट पारेको छ ।

 

जेठमा मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या ४४ लाख ३७ हजार २३१ पुगेको छ, जुन गत महिनाको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको हो । वालेट प्रयोगकर्ताको संख्या ३ करोड २५ लाख १४ हजार ९६८ पुगेको छ । वालेटमार्फत गरिएको कारोबारको कुल रकम २९ अर्ब ३५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ६५ लाख २८ हजार ८५२ पुगेको छ । यसैगरी, क्यूआर कोडमार्फत गरिएका भुक्तानी १९ करोड ८२ लाख २२ हजार कारोबार पुगेको छ । इन्टरनेट बैंकिङ सेवाको प्रयोग अघिल्लो महिनाको तुलनामा थोरै सुधार भएर ३ लाख ३० हजार ४१४ पुगेको छ । यद्यपि, डिजिटल भुक्तानीको अन्य विधिमा आकर्षण बढेसँगै यसमा अपेक्षित सुधार देखिएको छैन ।

आषाढमा डिजिटल भुक्तानीको नयाँ रेकर्ड राखेको भुक्तानी प्रणालीको तथ्यांकले देखाएको छ । अषाढमा पनि मोबाइल बैंकिङ अग्रपंक्तिमा रहेको छ । मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या ४५ लाख ६६ हजार ९०१ पुगेको छ भने यस माध्यमबाट गरिएका कारोबारको कुल संख्या ४५ करोड ६९ लाख नाघेको छ ।

असारमा कनेक्ट आईपीएसको उपयोगमा पनि वृद्धि भएको छ । जसमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ७७ लाख ८७ हजार २८२ पुगेको छ, भने गरिएका कारोबारको कुल रकम ६६ अर्ब ६५ करोड नाघेको छ । क्यूआर कोडमार्फत गरिएका भुक्तानी २० करोड ८२ लाख ५६ हजार १५ पुगेको छ । यस विधिले डिजिटल कारोबारलाई अझ सरल र सुविधाजनक बनाएको देखिन्छ । वालेट सेवाको प्रयोग ३२ करोड १० लाख ५९ हजार ९१७ कारोबारसम्म पुगेको छ ।

 

त्यस्तै, ई–कमर्स मार्फत भएको कारोबार १ लाख ४५ हजार ९७७ पुगेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, डेबिट कार्ड प्रयोग र शाखारहित बैंकिङको तुलनामा अन्य डिजिटल भुक्तानी माध्यमहरूको लोकप्रियता बढेको देखिन्छ । साउन महिनाको तथ्याङ्क अनुसार डिजिटल भुक्तानीमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ४७.४६ लाख पुगेको छ, जुन २०८० साउनको तुलनामा ५०.६५% को वृद्धि हो । साउनमा कनेक्टआईपीएस र क्यूआर कोडको प्रयोगमा तीव्र वृद्धि भएको छ ।

 

कनेक्टआईपीएस मार्फत गरिएको कारोबार संख्या ६८.४४ लाख रहेको छ, भने क्यूआर आधारित भुक्तानी २२.९३ लाख पुगेको छ । यी दुबै प्रणालीको लेनदेन रकम पनि क्रमशः ५२५.३३ करोड र ६२.२८ करोड पुगेको छ । साउनमा मोबाइल वालेट प्रयोगकर्ताहरू ३०.८८ लाख, ई–कमर्स कारोबार १.५० लाख, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू ४.०९ लाख भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार, २०८१ भदौमा केही डिजिटल भुक्तानी माध्यमहरूको प्रयोगमा कमी आए पनि, समग्रमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग प्रभावकारी रहेको छ । भदौमा मोबाइल बैंकिङको प्रयोगमा गिरावट आएको छ ।

 

साउनमा ४७.४६ लाख प्रयोगकर्ता रहेकोमा भदौमा यो संख्या घटेर ४३.१४ लाखमा झरेको छ । कनेक्टआईपीएस र क्यूआर कोडको प्रयोग स्थिर रहेको छ । कनेक्टआईपीएसको कारोबार ६८.५६ लाख रहेको छ भने क्यूआर आधारित कारोबारको संख्या २१.५७ लाख पुगेको छ । त्यस्तै भदौमा इ–कमर्स कारोबारमा वृद्धि भएको छ । साउनको तुलनामा भदौमा १.५७ लाख कारोबार पुगेको छ । साउनको ३०.८७ लाख प्रयोग भएको वालेट भदौमा घटेर २९.१३ लाख प्रयोगकर्तामा सीमित भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१ असोज महिनाको तथ्याङ्कले डिजिटल भुक्तानी प्रणालीमा क्रमिक सुधारको संकेत गरेको छ । असोजमा मोबाइल बैंकिङ, कनेक्टआईपीएस र डेबिट कार्डको प्रयोगमा वृद्धि भएको छ ।

 

असोजमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ४४.०४ लाख पुगेको छ, जसले गत भदौको तुलनामा सुधार देखाएको छ । लेनदेनको कुल रकम ४०१.२४ करोड पुगेको छ । कनेक्टआईपीएसमार्फत ७४.९४ लाख कारोबार सम्पन्न भएका छन । साथै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या १२.८८ लाख पुगेको छ, जुन गत महिना भन्दा धेरै हो । असोजमा क्यूआर कोड आधारित भुक्तानी स्थिर रहँदा क्यूआर कोड कारोबार संख्या २०.४९ लाख पुगेको छ ।ई–कमर्स कारोबारमा भने कमी आएको छ । भदौको तुलनामा ई–कमर्स कारोबार थोरै घटेर १.५१ लाखमा झरेको छ ।

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ उपलब्ध

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ...

वि.सं.२०८१ मंसिर १८ मंगलवार १२:५१

काठमाडौँ । नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प...

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:०१

  बुटवल । नेपालकै चर्चित तथा ठुलो क्रिकेट लिगका रूपमा...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १५:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को...

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४८

  काठमाडाैं । डिजिटल वालेटमा वेग्लै पहिचान बनाएको भनिएको ‘खल्ती...

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

रियलमीको सर्भिस सेन्टर अब दाङमा

रियलमीको सर्भिस सेन्टर अब दाङमा

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:३९

काठमाडौँ। सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं...