CG Electronics
IME Life
NIMB

रियलमीको सर्भिस सेन्टर अब दाङमा

NIMB
Himalayan Bank

काठमाडौँ। सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो । यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ ।

realme Service Center Dang
काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरुले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ, र वारेन्टी तथा सर्पोट जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोन सम्बन्धी सबै समस्याहरूको द्रुत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ ।

बिहान १० बजे देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने यस सर्भिस सेन्टरमा दक्ष एवम् प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च–गुणस्तरिय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ ।

उक्त सर्भिस सेन्टरबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिस गिरीज्यूले भन्नुभयो, “हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई अझै राम्रो सेवा दिने उद्देश्यले हामीले दाङ्गमा पनि यो सर्भिस सेन्टर उद्घाटन गरेका छौँ । हामी यसै गरी नेपालका सबै कुनामा थप उत्कृष्ट सेवा पुर्‍याउँदै रहनेछौँ ।

दाङ सर्भिस सेन्टरको सुरुवातले प्रिमियम पोस्ट पर्चेज सेवा प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई झल्काएको छ । भविष्यमा देशभरनै आफ्ना सर्भिस सेन्टरहरु विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।

For more: realme Service Center Dang

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...