CG Electronics
IME Life
NIMB

शुक्रबारसम्ममा किसानले पाउने उखुको समर्थन मूल्य सार्वजनिक हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा भएको छलफलमा उनले उखुको विषयलाई मन्त्रीपरिषद्मा प्रस्ताव गरिसकेको भन्दै भोलीसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने जानकारी दिएका हुन् ।

उनले भने,‘उखुको विषयलाई हामीले आज मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छौं । मलाई लाग्छ भोलिसम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ । हामीलाई थाहा छ किसानहरु ज्यादै मर्कामा परेका छन् ।

किसानको राज्यले दिनुपर्ने मूल्य असोज महिनामा नै पठाइसक्यौं । सम्भव भएसम्म हामी यही वर्ष र नभए अर्को वर्ष यही समयसम्म उपलब्ध गराउने ढंगबाट मन्त्रालय काम कारबाही गरिरहेको छ ।’

मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा मन्त्रालय लागेको पनि बताए । मन्त्रालयको तर्फबाट समिति बनाएर प्रारम्भिक सञ्चालन गर्ने खाका सम्म तयार पारेको उनले जानकारी दिए ।

उनले भने,‘हामी दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा लागेका छौं । र मन्त्रालयको तर्फबाट एउटा समिति बनाएर प्रारम्भिक कुन ढंगबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका पनि हामीले तयार पारेको छौं ।’

उनले कृषि ऐन निर्माणको सन्दर्भमा कानुन मन्त्रालयबाट केही थप गर्नुपर्ने कारण मन्त्रालयलाई नै फर्काएको जानकारी गराए ।

 

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...