Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शुक्रबारसम्ममा किसानले पाउने उखुको समर्थन मूल्य सार्वजनिक हुने

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा भएको छलफलमा उनले उखुको विषयलाई मन्त्रीपरिषद्मा प्रस्ताव गरिसकेको भन्दै भोलीसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने जानकारी दिएका हुन् ।

उनले भने,‘उखुको विषयलाई हामीले आज मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छौं । मलाई लाग्छ भोलिसम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ । हामीलाई थाहा छ किसानहरु ज्यादै मर्कामा परेका छन् ।

किसानको राज्यले दिनुपर्ने मूल्य असोज महिनामा नै पठाइसक्यौं । सम्भव भएसम्म हामी यही वर्ष र नभए अर्को वर्ष यही समयसम्म उपलब्ध गराउने ढंगबाट मन्त्रालय काम कारबाही गरिरहेको छ ।’

मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा मन्त्रालय लागेको पनि बताए । मन्त्रालयको तर्फबाट समिति बनाएर प्रारम्भिक सञ्चालन गर्ने खाका सम्म तयार पारेको उनले जानकारी दिए ।

उनले भने,‘हामी दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा लागेका छौं । र मन्त्रालयको तर्फबाट एउटा समिति बनाएर प्रारम्भिक कुन ढंगबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका पनि हामीले तयार पारेको छौं ।’

उनले कृषि ऐन निर्माणको सन्दर्भमा कानुन मन्त्रालयबाट केही थप गर्नुपर्ने कारण मन्त्रालयलाई नै फर्काएको जानकारी गराए ।

 

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...