Ncell NPL
NIMB
NMB Bank

राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडाैं। राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गरिएको छ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकलाई अग्रणी बनाउने उद्देश्यले समय अनुसारको सुधार र रूपान्तरण आवश्यक रहेको बताएका छन्। उनले राष्ट्रिय वाणिज्य बैंकलाई प्रत्येक सेवाग्राहीलाई आफ्नोपनको अनुभव दिने खालको सेवा प्रवाह गर्न आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए। सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसंग जोड्दै लैजाने दावी गरे ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कृषि, पर्यटन, उर्जा, साना उद्यम, र पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गरेको जानकारी दिए। उनले वित्तीय साक्षरतासँगै समाजिक कार्यलाई पनि प्राथमिकता दिइरहेको बताएका छन्।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले व्यजदरमा अहिले भईरहेको एकल अंकको ब्याजदरलाई स्थीर बनाउन आवश्यक रहेको बताए । यसैगरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरु पार गर्न राष्ट्रिय बाणिज्य बैँकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बैँक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपकार्यकारी अधिकृत पवन रेग्मीले गरेका थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममको पूर्व संध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, QR Code सेवा, POs (Point of sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...