CG Electronics
IME Life
NIMB

फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएका छन् : मन्त्री भण्डारी

NIMB
Himalayan Bank

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मलेसियामा ७ लाख नेपालीहरु वैदेशिक रोजगारीमा गए पनि १५ हजारले मात्र फ्रि भिसा फ्रि टिकट पाएको बताएका हुन् ।

उनले भने, ‘श्रम मन्त्रालयले ऐन र कानूनको आधारमा वैदेशिक रोजगारिमा जाने मानिसको श्रम स्वास्थ्य परिक्षण गर्नको निम्ती कानूनले व्यवस्था गरेको संस्था श्रम मन्त्रालयले दर्ता गर्छ ।

तर कयौं ठूल ठूला अस्पताले चाँही यसमा काम गरिरहेका छन् । भोलि बदमासी भयो भने श्रम मन्त्रालयले कसलाई कारवाही गर्ने ? मलेसियासँग नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट भनेर एग्रीमेन्ट गर्यौं ।

अहिले मलेसियामा ७ लाख नेपाली काम गरिरहेका छन् । जम्मा १५ हजार मानिस मात्र फ्री भिसा फ्री टिकटबाट लाभान्वित भएका छन् । ’

साथै उनले सबै कुरा सरकारले मात्र हेर्न नसक्ने बताए । उनले फ्री भिसा फ्री टिकटको यर्थाथ निकाल्नुपर्ने बताए ।

‘यसको हामीले यर्थाथ निकाल्नुपर्छ । सबै सरकारले हेर्न सक्दैन तर यसमा कुनै कुरा रोजगार दाताले हेनुपर्छ भने कुनै श्रमिक आफैंले पनि तिरेर जानुपर्छ ।’ उनले भने ।

उनले संसारभरीकै अप्रवासी श्रमिकहरुको मृत्युको सङ्ख्या हेर्दा श्रमको लागि नभएर युद्ध लड्नको लागि गएको जस्तो देखिएको बताए ।

श्रमिकहरुले मृत्युवरण गर्नुपर्ने अवस्थाको बारेमा खोजि गर्न आवश्यक रहेको भन्दै मन्त्री भण्डारीले यसको समाधानको लागि विभिन्न विज्ञ डाक्टरहरुबाट सुझाव संकलन गरिरहेकोे बताए ।

उनले भने,‘संसारभरीका अप्रवासी श्रमिकहरु जो आप्रवासनको क्रममा आफ्नो ज्यान गुमाएका छन् । हाम्रो डाटामा हेर्दा पनि विगत १६ वर्षमा १४ हजार मानिसले त्यहाँबाट मृत्युवरण गरेको देखियो । हाम्रो श्रमिकहरु त्यहाँ युद्ध लड्न गएको त होईन नि श्रम गर्न गएका हुन् ।

तर किन त्यो अवस्था आइरहेको छ त्यो बारेमा खोजि गर्न आवश्यक छ । यसबाट हामीले कसरी बचाउँन सक्छौ भनेर विज्ञ डाक्टरहरुलाई जाने बेला देखि फर्केर आउने बेला सम्म स्वास्थ्यको ट्रयाकिङ कसरी गर्ने त्यसमा लागेको छौं ।’

 

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...