CG Electronics
IME Life
NIMB

आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न नवनियुक्त राजदूतहरुलाई चेम्बरको आग्रह

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरुलाई सुझाव दिएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुलाई नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरण मार्फत आर्थिक कुटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

नेपालको दिगो आर्थिक विकास र समुन्नतिका लागि आर्थिक कुटनीति महत्वपुर्ण भएको चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले भने, ‘वैदेशिक लगानीका लागि प्राकृतिक दृष्टिकोणले नेपालमा प्रचुर सम्भावना रहेको छ, । नेपालले भर्खरै अन्तराष्ट्रिय एजेन्सीबाट सार्वभौम कन्ट्रि रेटिङ प्राप्त गरेको छ, लगानीको दृष्टिकोणले दक्षिण एसियामा भारतपछि दोस्रो बीबी माईनस स्थान प्राप्त भएको छ । यसले विदेशी लगानी भित्र्याउन ठूलो सहयोग पुग्ने भएको छ ।’

नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश विश्व समुदायलाई दिन राजदूतहरु समक्ष अध्यक्ष अग्रवालले आग्रह गरे ।
नेपालमा लगानीको प्रतिफल सुनिश्चितता गर्नका लागि सम्वन्धित निकायमा नेपाल चेम्बर अफ कमर्सले संधै पहल गरिरहेको अध्यक्ष अग्रवालले बताए । नेपाल झल्काउने व्यापार प्रर्दशनी गर्न एवं लगानी योग्य क्षेत्रहरुको पहिचान गर्नु पर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

सम्वन्धित देशसंग बी टु बी मिटिङ तथा लगानी र व्यापार सहजीकरणका लागि दुई पक्षीय सम्झौताका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले आग्रह गरे ।

नेपालको जलविद्युत, पर्यटन, खानी जस्ता क्षेत्रमा लगानीका लागि ठोस पहल हुनुपर्ने उनको भनाई छ । राजदूतहरुलाई स्वागत गर्ने क्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए । नेपालको आईटी र जलविद्युत क्षेत्रमा लगानीका लागि अन्तराष्ट्रिय मञ्चहरुमा प्रर्वद्धन गर्नुपर्नेमा मल्लले जोड दिए ।

कार्यक्रममा विभिन्न देशका राजदूतहरुले आफुले प्रतिनिधित्व गर्ने देशका निजी क्षेत्रसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए । आर्थिक कुटनीति आफुहरुको प्राथमिकतामा रहेको राजदूतहरुले सामुहिक प्रतिवद्धता जनाए ।

चेम्बर भवनमा आयोजित कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्टे«लियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा. जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिल मान श्रेष्ठ, यस्तै पोर्चुगलका लागि नवनियुक्त राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि डा. पुर्णबहादुर नेपाली, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि नवनियुक्त राजदूत सनिल नेपालका उपस्थिती रहेको थियो ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...