Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । कैलालीको धनगढीमा आगामी पुष ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो ।

धनगढीको चटकपुर चोक अन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।

कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउँन सक्नेछन । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ ।

बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ । यो मोटरसाइकलको बिशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताएका छन् ।

प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य रू ५.५० लाखदेखि सुरु

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ...

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३१

  काठमाडौं । नेपाली मोटरसाइकल बजारमा प्रख्यात ब्रान्ड रोयल इन्फिल्ड...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी...

वि.सं.२०८२ वैशाख ३ बुधवार २१:५५

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

वि.सं.२०८२ वैशाख ३ बुधवार १९:४०

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएसनले नेपालको...

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज अफर र उपहारसहित इभी अनुभवको नयाँ सुरुआत

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:५६

  चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई युरोप घुम्ने अवसर

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:४१

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर...