Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती आज, विविध कार्यक्रमसहित मनाइने

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५० औं स्थापना दिवसको अवसरमा स्वर्ण जयन्ती आज पुस ७ गते विशेष कार्यक्रमका साथ मनाउँदै छ। विद्यालयले यस अवसरमा विविध सांस्कृतिक, खेलकुद, र शैक्षिक गतिविधिहरू प्रस्तुत गर्ने तयारी गरेको छ।

समारोहको उद्घाटन नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीले गर्नेछन् भने बागमती प्रदेश सांसद राम प्रसाद ढुङ्गाना विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाको अध्यक्षतामा सम्पन्न हुने स्वर्ण जयन्ती समारोहमा विद्यार्थीहरूको सांस्कृतिक झाँकी प्रदर्शन, अतिरिक्त क्रियाकलापहरू, र उत्कृष्ट विद्यार्थीहरूलाई ट्रफी, पदक, तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।

समारोहका क्रममा विद्यालयलाई आर्थिक र भौतिक सहयोग पुर्याउने दाताहरू, जग्गा दाताहरू, पूर्व शिक्षकहरू, र व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मान गरिनेछ।

स्वर्ण जयन्ती समारोहको तयारीका लागि विद्यालयले ६१ सदस्यीय मूल समारोह आयोजक समिति गठन गरेको थियो ।

आर्थिक सहयोग सङ्कलन समितिका संयोजक विकास खतिवडाले हालसम्म ४९ लाख रुपैयाँ सङ्कलन भएको जानकारी दिए । उनले आर्थिक सहयोग गर्न चाहने अभिभावक, समाजसेवी, शिक्षाविद्, जनप्रतिनिधि, र विद्यालयका पूर्व विद्यार्थीहरूले समारोहका क्रममा पनि सहयोग गर्न सक्ने बताए ।

विद्यालयको स्थापना विसं २०३१ सालको पुस ७ गते भएको थियोे भने विद्यालयमा हाल २५० जना विद्यार्थीहरू अध्यनरत छन् ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...