CG Electronics
IME Life
NIMB

जिकरको यो प्रिमियम ईभी २ लाख ५० हजार युनिट बिक्री

NIMB
Himalayan Bank

 

काठमाडौं। चिनियाँ अटो निर्माता जिलीले उत्पादन गरेको प्रिमियम ईभी जिकर ००१ तीन वर्षको छोटो अबधीमै २ लाख ५० हजार युनिट बिक्री भएको छ । सन् २०२१ अप्रिलमा लन्च भएको जीकर ००१ लाई कम्पनीले अक्टोबरदेखी डेलिभरी गर्न सुरु गरेको थियो ।

जिकरका अनुसार सो ईभीले चिनमा सबैभन्दा छिटो बिक्री हुने मोडलका रुपमा आफ्नो पहिचान कायम गरेको छ । ३४ हजार ३०० डलरमाथि मुल्य पर्ने सेग्मेन्टमा जिकर ००१ सर्बाधिक बिक्री हुने मोडल समेत बनेको कम्पनी दाबी छ । यो कार गत नोभेम्वर महिनामा मात्र ६ हजार ६०३ युनिट बिक्री भएको थियो ।

कुल ६ वटा ट्रिममा उपलब्ध जिकर ००१ को सुरुवाती मुल्य ३५ हजार ५०० डलर कायम गरिएको छ । जिलीको एसईए प्लटेफर्ममा निर्माण गरिएको सो कार ४ हजार ९७७ मिलिमटिर लामो, १ हजार ९९९ मिलिमिटर चौडा र १ हजार ५३३ मिलिमिटर अग्लो तथा ह्विलवेश ३ हजार ५ मिलमिटर छ ।

८०० हाई भोल्टेज प्लेटफर्म सेयर गरी तयार पारिएको जिकर ००१ मा रियर ह्विल र अल ह्विल ड्राइभ अप्सन दिइएको छ । कारलाई २४० किलोमिटर प्रति घण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । सो कारमा जिलीले सिएटिएलद्धारा निर्मित ९५ किलोवाट आवर तथा १०० किलोवाट आवर क्षमताको ब्याट्री प्याक अप्सन दिएको छ । कारले सिंगल चार्जमा ७५० किलोमिटर सम्म रेन्ज दिने दाबी गरिएको छ ।

जिकर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमियम ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एक्स मोडल हालै लन्च भएको छ । जसमध्ये, रियर–ह्विल–ड्राइभलाई ८५ लाख र अल–ह्विल–ड्राइभलाई १ करोड ५५ लाख रुपैयाँ पर्छ । शारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइल्सले बिक्री गर्दै आएको यो कार पछिल्लो समय प्रिमियम ईभी पारखीमाझ लाकेप्रिय वनिरहेको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...