Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल विज्ञापन संघको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

Machhapuchchhre Bank Limited

 

 

काठमाडाैँ। नेपाल विज्ञापन संघको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ।

हालै राजधानीमा विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रम सहित आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हाे।

पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै वार्षिक, आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आयव्यय विवरणहरु बहुमतले पारित गरिएको थियाे।

दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शीर्षकमा वृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो।

तेस्रो सत्रमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएकाे थियाे। सम्मानित हुने व्यक्तिहरूमा सञ्चारकर्मी यादव खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकार रहेका छन्।

नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा आई पुग्न उनीहरूले गरेकाे योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएकाे हाे।

त्यसै गरी वर्षेनी एड फेष्टको अवसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगाएत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरू बिच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रसन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३६

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल...