CG Electronics
Ncell NPL
NIMB

नेपाल विज्ञापन संघको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडाैँ। नेपाल विज्ञापन संघको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ।

हालै राजधानीमा विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रम सहित आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हाे।

पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै वार्षिक, आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आयव्यय विवरणहरु बहुमतले पारित गरिएको थियाे।

दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शीर्षकमा वृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो।

तेस्रो सत्रमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएकाे थियाे। सम्मानित हुने व्यक्तिहरूमा सञ्चारकर्मी यादव खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकार रहेका छन्।

नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा आई पुग्न उनीहरूले गरेकाे योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएकाे हाे।

त्यसै गरी वर्षेनी एड फेष्टको अवसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगाएत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरू बिच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रसन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

पोखरा महानगरपालिकाको निःशुल्क सटल बस सञ्चालन, लागत कामना सेवा विकास बैंक लिमिटेडले व्यहोर्ने

पोखरा महानगरपालिकाको निःशुल्क सटल बस सञ्चालन, लागत...

वि.सं.२०८३ वैशाख २ बुधवार १६:१३

  पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क सटल बस...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

कामना सेवा विकास बैंकको नयाँ पहल: वित्तीय साक्षरता कथा र भिडियो सामग्री सार्वजनिक

कामना सेवा विकास बैंकको नयाँ पहल: वित्तीय...

वि.सं.२०८३ वैशाख २ बुधवार १४:५५

  काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ वर्ष...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

  काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला...