Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

ग्लोबल रिच अस्ट्रेलियन एजुकेसन फेयर’ पुस २८ देखि, २५ बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने

Machhapuchchhre Bank Limited

 

काठमाडौं । उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्ष्य गर्दै ‘ग्लोबल रिच’ले पुस २८ देखि शैक्षिक मेला आयोजना हुने भएको छ । तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशिल संस्था ‘ग्लोबल रिच’ ले मेला आयोजना गर्न लागेको हो ।
काठमाडौंको डिल्लीबजारस्थित पुण्य मेन्सनमा रहेको ‘ग्लोबल रिच’को कार्यालयमा आयोजना हुने मेलामा अस्ट्रेलियाका २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

मेलाका अवसरमा विद्यार्थी तथा अभिभावकहरूले अस्ट्रेलियालि विश्वविद्यालयका प्रतिनिधिहरूसँग परामर्शसँगै अष्ट्रेलियामा अध्ययन गरेपछि पाइने ‘पोस्ट-स्टडी वर्क’ सम्बन्धी जानकारी तथा अवसर, अस्ट्रेलिया अध्ययनबारेका पछिल्ला नीतिगत परिवर्तन र आवश्यकताबारे जानकारी लिन पाउनेछन् ।

मेलामा अष्ट्रेलियामा अध्ययन गर्नका लागि आवेदन प्रक्रिया, विश्वविद्यालयको चयन, र स्नातकको पश्चात करिअरका अवसरबारे हरूको बारेमा एक विस्तृत जानकारी प्राप्त गर्न पाइनेछ । मेलामार्फत विद्यार्थीहरूले शत प्रतिशत छात्रवृत्ति, स्नातक भर्ना प्रक्रिया र आवेदन शुल्क मिनाह जस्ता विशेष अवसरहरू पनि प्राप्त गर्ने आयोजकको भनाइ छ ।

त्यस्तै, मेलामा उपस्थित भएकाहरूलाई आइएलटिएस, पीटीई र स्याटका तयारी कक्षाहरूमा पनि ५० प्रतिशत छुट र एक सय आगन्तुकलाई ‘स्काई वाक’को टिकट उपहार दिइने ‘ग्लोबल रिच’ले जनाएको छ । आयोजकका अनुसार नि:शुल्क प्रवेश पाइने मेलामा विद्यार्थी र अभिभावकहरू दुवैले सहभागिता जनाउन सक्नेछन् ।

‘ग्लोबल रिच’ले चितवन, बुटवल, र पोखरा पनि मेला आयोजना गर्दैछ । चितवनको रोटरी दण्डपाणी भट्टराई भवनमा माघ १ गते ११ देखि ३ बजेसम्म, बुटवलको प्रधान हाइट्समा माघ २ गते १२ देखि ४ बजेसम्म र पोखराको भाटभटेनीमा माघ ३ गते १२ देखि ४ बजेसम्म मेला आयोजना हुनेछ ।

३३ वर्षअघि स्थापित ‘ग्लोबल रिच’ अष्ट्रेलियाली विश्वविद्यालयहरूको आधिकारीक एजेन्ट हो । यसले खासगरी ग्रुप अफ एट विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ । ‘ग्लोबल रिच’ले १९ देशका ५ सयभन्दा बढी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसरका लागि सेवा पुर्‍याउँदै आएको छ ।

त्यसका साथै, ‘ग्लोबल रीच’ले भिसासम्बन्धी सहायतासँगै आइएलटिएस, पीटीई टोफल र स्याट जस्ता परीक्षाका तयारी कक्षा उपलब्ध गराउँदै आएको छ ।

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:३३

  ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा...

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२२

  काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२०

  काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित...

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

  काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं...