CG Electronics
Ncell NPL
NIMB

ग्लोबल रिच अस्ट्रेलियन एजुकेसन फेयर’ पुस २८ देखि, २५ बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्ष्य गर्दै ‘ग्लोबल रिच’ले पुस २८ देखि शैक्षिक मेला आयोजना हुने भएको छ । तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशिल संस्था ‘ग्लोबल रिच’ ले मेला आयोजना गर्न लागेको हो ।
काठमाडौंको डिल्लीबजारस्थित पुण्य मेन्सनमा रहेको ‘ग्लोबल रिच’को कार्यालयमा आयोजना हुने मेलामा अस्ट्रेलियाका २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

मेलाका अवसरमा विद्यार्थी तथा अभिभावकहरूले अस्ट्रेलियालि विश्वविद्यालयका प्रतिनिधिहरूसँग परामर्शसँगै अष्ट्रेलियामा अध्ययन गरेपछि पाइने ‘पोस्ट-स्टडी वर्क’ सम्बन्धी जानकारी तथा अवसर, अस्ट्रेलिया अध्ययनबारेका पछिल्ला नीतिगत परिवर्तन र आवश्यकताबारे जानकारी लिन पाउनेछन् ।

मेलामा अष्ट्रेलियामा अध्ययन गर्नका लागि आवेदन प्रक्रिया, विश्वविद्यालयको चयन, र स्नातकको पश्चात करिअरका अवसरबारे हरूको बारेमा एक विस्तृत जानकारी प्राप्त गर्न पाइनेछ । मेलामार्फत विद्यार्थीहरूले शत प्रतिशत छात्रवृत्ति, स्नातक भर्ना प्रक्रिया र आवेदन शुल्क मिनाह जस्ता विशेष अवसरहरू पनि प्राप्त गर्ने आयोजकको भनाइ छ ।

त्यस्तै, मेलामा उपस्थित भएकाहरूलाई आइएलटिएस, पीटीई र स्याटका तयारी कक्षाहरूमा पनि ५० प्रतिशत छुट र एक सय आगन्तुकलाई ‘स्काई वाक’को टिकट उपहार दिइने ‘ग्लोबल रिच’ले जनाएको छ । आयोजकका अनुसार नि:शुल्क प्रवेश पाइने मेलामा विद्यार्थी र अभिभावकहरू दुवैले सहभागिता जनाउन सक्नेछन् ।

‘ग्लोबल रिच’ले चितवन, बुटवल, र पोखरा पनि मेला आयोजना गर्दैछ । चितवनको रोटरी दण्डपाणी भट्टराई भवनमा माघ १ गते ११ देखि ३ बजेसम्म, बुटवलको प्रधान हाइट्समा माघ २ गते १२ देखि ४ बजेसम्म र पोखराको भाटभटेनीमा माघ ३ गते १२ देखि ४ बजेसम्म मेला आयोजना हुनेछ ।

३३ वर्षअघि स्थापित ‘ग्लोबल रिच’ अष्ट्रेलियाली विश्वविद्यालयहरूको आधिकारीक एजेन्ट हो । यसले खासगरी ग्रुप अफ एट विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ । ‘ग्लोबल रिच’ले १९ देशका ५ सयभन्दा बढी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसरका लागि सेवा पुर्‍याउँदै आएको छ ।

त्यसका साथै, ‘ग्लोबल रीच’ले भिसासम्बन्धी सहायतासँगै आइएलटिएस, पीटीई टोफल र स्याट जस्ता परीक्षाका तयारी कक्षा उपलब्ध गराउँदै आएको छ ।

CG Electronics
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०२:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ...

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा जारी

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:३३

  काठमाडौँ । United Ajod Insurance Limited ले आगामी निर्वाचन...

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:४१

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि उपलब्ध गराउँदै...