CG Electronics
IME Life
NIMB

फोनिज काठमाडौं शाखामा भीमबहादुर लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला शाखा काठमाडौंको अध्यक्षमा भीम बहादुर लामा निर्वाचित भएका छन् ।

आइतबार काठमाडौंमा सम्पन्न फोनिजको ७ औ जिल्ला अधिवेशबाट लामा अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै फोनिको उपाध्यक्षमा सुदिना श्रेष्ठ निर्वाचित भएकी छिन् भने सचिवमा रत्नकाजी महर्जन सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

यस्तै फोनिजको कोषाध्यक्षमा दीपा सुनुवार सर्वसम्मतीले चयन भएकी छिन् भने सह-सचिव(महिला)मा नितु डंगोल निर्वाचित भएकी छिन् ।यसैगरी फोनिज काठमाडौं शाखाको सदस्‍यहरूमा खुल्लातर्फ वेदबहादुर गुरूङ र किच: सिंह डंगोल निर्वाचित भएका छन् ।

यस्तै महिला सदस्‍यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई निर्वाचित भएका छन् भने संस्थागतर्फ अजय खड्गी र पासा काजी शेर्पा निर्वाचित भएका छन् ।

फोनिजले जिल्ला अधिवेशनबाट संघीय र बागमती प्रदेश प्रतिनिधिहरू समेत निर्वाचित गरेको छ । संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना तथा प्रदेशतर्फ ९ महिलासहित २० गरी २६ जना निर्वाचित गरेको छ ।

संघीय प्रतिनिधितर्फ पूर्ण भक्त दुवाल, गंगादेवी महर्जन (महिला), मिक्साङ वाइबा तामाङ (महिला), यशोदा भुजेल (महिला), हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्र भक्त श्रेष्ठ, अर्जुन बहादुर तामाङ, लाल कुमार मोक्तान, सहदेव चौधरी, शुशिला तामाङ (महिला), अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर, पुप्रिया राई (महिला), मन्जु तामाङ (महिला),निशा तामाङ (महिला) र दिलिप तामाङ निर्वाचित चुनिएका छन् ।

यस्तै प्रदेश प्रतिनिधितर्फ उदेन न्हुसामी, विमला मानन्धर (महिला), सरस्वी श्रेष्ठ सरू (महिला),मिङ्‌मा लामा (महिला), सबिका श्रेष्ठ (महिला), मनमाया स्याङ्बो (महिला), अनिता डंगोल (महिला), सुरज मानन्धर,एलबी सागर, प्रदीप कुमार श्रेष्ठ, हिरो लोपचङ, तेज नाछिरिङ राई, दसीराम थारू, मनोज रत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनुवार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महजर्न, प्रजित शाक्य, हेमप्रकाश राई, श्याम लामा र प्रेम लामा निर्वाचित भएका छन् ।

अधिवेशनपछि काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारी, संघीय तथा बागमती प्रदेश प्रतिनिधिहरूलाई रेडियो नेपालका कार्यकारी निर्देशक एवं फाेनिजका संघीय उपाध्यक्ष अमरध्वज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

शपथपछि काठमाडौं शाखाका नवनिर्वाचित अध्यक्ष भीमबहादुर लामाले आदिासीजनजाति पत्रकारहरूको हकहितका लागि आफू सधैं दत्तचित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘ म आदिवासी जनजाति पत्रकारहरूका लागि सम्बन्धित निकायमा आवाज उठाउन कुनै कसर बाँकी राख्‍नेछैन। साथै काठमाडौं शाखालाई क्रियाशील बनाएर नेतृत्वदायी भूमिका अगाडि बढाउने प्रतिवद्धता जाहेर गर्न चाहन्छु।’

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...