CG Electronics
IME Life
NIMB

रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स राज्यको आम्दानी हो भन्ने भ्रमबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

कानुनी÷इथिकल रिक्रयूटमेन्ट विषयमा भएको कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेमिट्यान्स व्यक्तिको आम्दानी हो र राज्यले यसलाई चलाउने मात्र बुझ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पेशा व्यवसायको मर्यादा सम्मान हुन सकेन भने कसैको सम्मान हुन सक्दैन् । आफू सम्मानित हुने कुरा आफ्नै हातमा हुन्छ । र अपमानित हुने कुरा पनि आफ्नै हातमा हुन्छ । नेपालको अर्थतन्त्र र रेमिट्यान्सबाटै नै चलेको छ ।

राज्यले आर्जन गरेको रेमिट्यान्सको पैसा राज्यको खाताका गइरहेको छ की व्यक्तिको खातामा गइरहेको छ यो बुझ्नुपर्छ । रेमिट्यान्स आउने जुन मुद्रा राज्यको खातामा रहने हो तर जाने व्यक्तिकै काममा नै हो ।

एउटा सत्य कुरा के हो भने करिव करिव मुलुकको ७५ देखि ८० प्रतिशत हाउस वा होममा रेमिट्यान्सको रकम जान्छ । रेमिट्यान्सको रकम राज्यको होइन व्यक्तिको हो । जुन वैदेशिक रोजगारीको सञ्चिती भएकाले अन्तर्राष्ट्रिय जगतमा के बुझ्नुपर्छ भने हामी टिक्नुपर्छ । भ्रमबाट मुक्त हुनुपर्छ । रेमिट्यान्स राज्यको आम्दानी होइन यो व्यक्तिको आम्दानी हो ।’

साथै उनले वैदेशिक रोजगार बाध्यता हो या अवसर बुझ्न जरुरी रहेको बताए । उनले नेपालबाट बैदेशिक रोजगारीमा अधिकांश ९५ प्रतिशत मानिसहरु सबैभन्दा बढी मलेसिया, जापान र कोरिया गएको तथ्यांकले देखाएको बताए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...