Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

भन्सार संगठनको व्याख्या विपरित कुनै निर्णय भएको छैन् : महानिर्देशक

Machhapuchchhre Bank Limited

काठमाडौं । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनको व्याख्या विपरित विभागले कुनै निर्णय नगरेको दाबी गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित ७३औं अन्तराष्ट्रिय विश्व भन्सार दिवसको उपलक्ष्यमा भन्सार सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले नीति परिवर्तन गर्ने क्रममा त्यसले राष्ट्रिय उत्पादन र रोजगारी वृद्धिमा दिने योगदानलाई ध्यानमा राख्नुपर्ने भन्दै कानून विपरित कुनै काम नभएको बताए ।

उनले भने, ‘हामीले गरेको नीति परिवर्तनले राष्ट्रिय उत्पादनलाई कति योगदान दिन्छ र रोजगारी कति बढ्छ र निर्यात कति वृद्धि हुन्छ, आयात कति घट्छ भन्ने कुरा हेर्छौ ।

यसमा नीतिगत कुरा प्रष्ट रुपमा आउनुपर्छ । नीजि रुपमा कति नाफा हुन्छ, घाटा हुन्छ त्यो हामीले हेर्ने विषय होइन । हामीले गरेका निर्णय अहिले पनि दाबा गर्छौ अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनले गरेको व्याख्या विपरित हाम्रो कुनै पनि निर्णय छैन् ।’

यस्तै, उनले राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्ने भन्दै असल नियतले गरेको काममा भएको सामान्य मानवीय त्रुटिहरुलाई कारबाही नगर्ने बताए ।

उनले भने, ‘तपाईहरुले असल नियतले गर्नु भएको काममा भएको मानविय त्रुटिहरुलाई कारबाही गर्नु हुदैँन् । त्यो कुरामा हामी सचेत छौं । तर राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गरिन्छ भने कारबाहीको व्यवस्था हुनुपर्छ । धेरै कुराहरु सुधार भइरहेको छ ।’

भन्सार दरहरुमा पुनरावलोकन आवश्यक
यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग क्षेत्रले उठाउँदै आएको तयारी वस्तु, कच्चा पदार्थहरुलाई स्पष्ट गरि भन्सार दरहरु पुनरावलोकन गर्न सकेमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताएका छन् ।

उनले भने, ‘नेपाल जस्तो आयातका आधारमा अर्थतन्त्र भएको मुलुकको लागि भन्सारले राजस्व मात्र संकलन गरेको हुदैँन् यसले समग्र मुलुकको आपूर्ती श्रृखंलामा पनि व्यवस्थित गरि लगानी प्रवद्र्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको छ ।

धेरै वर्षदेखि उद्योग क्षेत्रले उठाउदैँ आएको तयारी वस्तु, कच्चा पदार्थ र मध्यवर्दी वस्तुहरुलाई स्पष्ट गरि भन्सार दरहरु पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिन्छ भन्ने महासंघको धारणा रहेको छ ।’

उनले भन्सारमा अन्तर्राष्ट्रिय मान्यता र प्रचलित कानून अनुसार कारोबार मूल्यको आधारमा वस्तु जाँचपास गर्न सकिने व्यवस्थाको पूर्ण कार्यान्वयन गरि सन्दर्भ मूल्य सूचीको आधारमा मूल्यांकन गर्ने विद्यमान परिपाटीको अन्त्य भएमा व्यवसायिक वातावरणको निर्माण भई नीजि क्षेत्रको मनोबल वृद्धि हुने बताए ।

सोही क्रममा अर्थ सचिव डा.राम प्रसाद घिमिरेले कोभिडपछि नीजि क्षेत्रको मनोबल गिरेपनि सुधारको बाटोमा अघि बढेको भन्दै यसमा धेरै हिनताबोध गर्न नपर्ने बताए ।

उनले भने, ‘कोभिडपछि नीजि क्षेत्रको मनोबल गिरेको छ भन्ने कुरा धेरै चर्चामा छ । पछिल्लो समय समस्या पनि पहिचान गर्न सकेनौ तर मलाई लाग्छ हामी सुधारको नै क्रममा छौ । हामीले यसमा धेरै हिनता बोध गर्नुपर्छ जस्तो लाग्दैँन् ।’

 

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...