CG Electronics
IME Life
NIMB

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दु:खद् : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन् ।

बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनीमा बोल्दै मन्त्री भण्डारीले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो उत्पादन, हाम्रो ब्राण्ड, हाम्रो गुणस्तर, हाम्रो पहिचान, थुप्रै व्यवसायहरु विश्व बजारमा चिनिनुपर्छ ।

हाम्रो उत्पादन कस्तो छ ? यो पहिलो कुरा त हाम्रो यति राम्रो उत्पादन, हाम्रो राम्रो ब्राण्ड र हामीसँग भएको यस्तो राम्रो सीप स्वदेशमा नै चिनिनुपर्छ । हामीले विश्व बजारमा हाम्रो उत्पादन चिनाउनु भन्दा पहिले स्वदेशमा चिनिनुपर्ने आवश्यक छ । हामीले उत्पादन गरेको वस्तु हामीहरुले नेपाली बजारले नै नचिन्ने एउटा दुखद कुरा हो ।’

यसैगरी उनले हामीले निर्यात गरेका सबै वस्तुहरुमा राम्रो प्रतिफल ल्याउन नसकेको बताए । उनले लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘जबसम्म वस्तुको भ्यालु, यसको ब्राण्ड, हाम्रो सम्भावनहरु कहाँ कहाँसम्म छ त्यो बुझ्नुपर्छ । हामीले अहिलेसम्म जे दिन सकेका छौँ विश्व बजारमा कतिपय राम्रो निर्यात पनि गरेका छौँ । केही निर्यात गरेका सबै वस्तुहरुमा सोचेजस्तो राम्रो प्रतिफल ल्याउन सकेनौँ । तर अब लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने छ ।’

सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादित वस्तुहरुमा नेपालको सम्भावना धेरै नै रहेको बताए । उनले धेरै उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा नेपाल पनि भएको बताए ।

उनले भने, ‘नेपाल धेरै उत्पादित वस्तु उत्पादन गर्नसक्छ । उत्पादित वस्तुहरु उत्पादन गर्न सक्ने क्षमतामा हाम्रो देशमा पनि छ । यहाँको आफ्नै उत्पादनलाई प्रमोट गर्न आवश्यक छ ।’

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...