Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन् : अर्थमन्त्री

Machhapuchchhre Bank Limited

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक परिवारलाई मेरो के आग्रह छ भने यो तरलतालाई उत्पादन, उत्पादकत्व बृद्धि र रोजगारी सिर्जनाका निम्ति कसरी सर्भे गर्ने भनेर सोच्नुहोस् । सरकारले कुनै औषत काम गरेर सरकारको सुचि बढाउने काम गर्दैन् । दिन बिताउने पक्षमा छैनौं ।

समस्याको निकै लामो चाङ छ । यि समस्याहरुलाइ एक एक गरेर पन्छाउँदै जान चाहन्छौं । छोटो अवधिमा दुरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौ ।

बिषेशगरी अर्थतन्त्रको क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्न चाहन्छौ । सरकार बनेको दिन गनेर नभइ परिणाममुखी काम गरेर अगाडी बढ्न चाहन्छौं ।’
उनले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देश भित्र भविश्य खोज्नेहरुको लागि काम गरेको बताए ।

उनले भने, ‘२९वटा ऐनहरुमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौ । ति अध्यादेशहरु सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदैछ । ति अध्यादेशहरु संसदबाट अनुमोदित हुनेछ ।

निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविश्य खोज्ने, समाजको भविश्य खोज्नेहरुका लागि सरकारले ऐनहरुमा संशोधन गर्ने अध्यादेशहरुमा निर्णय गरेको हो । ’

 

 

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...