CG Electronics
IME Life
NIMB

सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन् : अर्थमन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक परिवारलाई मेरो के आग्रह छ भने यो तरलतालाई उत्पादन, उत्पादकत्व बृद्धि र रोजगारी सिर्जनाका निम्ति कसरी सर्भे गर्ने भनेर सोच्नुहोस् । सरकारले कुनै औषत काम गरेर सरकारको सुचि बढाउने काम गर्दैन् । दिन बिताउने पक्षमा छैनौं ।

समस्याको निकै लामो चाङ छ । यि समस्याहरुलाइ एक एक गरेर पन्छाउँदै जान चाहन्छौं । छोटो अवधिमा दुरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौ ।

बिषेशगरी अर्थतन्त्रको क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्न चाहन्छौ । सरकार बनेको दिन गनेर नभइ परिणाममुखी काम गरेर अगाडी बढ्न चाहन्छौं ।’
उनले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देश भित्र भविश्य खोज्नेहरुको लागि काम गरेको बताए ।

उनले भने, ‘२९वटा ऐनहरुमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौ । ति अध्यादेशहरु सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदैछ । ति अध्यादेशहरु संसदबाट अनुमोदित हुनेछ ।

निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविश्य खोज्ने, समाजको भविश्य खोज्नेहरुका लागि सरकारले ऐनहरुमा संशोधन गर्ने अध्यादेशहरुमा निर्णय गरेको हो । ’

 

 

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...