CG Electronics
IME Life
NIMB

सागर ग्रुपले आईटी एक्स्पो गर्ने

NIMB
Himalayan Bank

काठमाडौं। सूचना प्रविधी क्षेत्रमा लगातार तिन दशक देखी सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गते देखी माघ २९ गते सम्म आफ्नो कर्पोरेट हाउस कलंकीमा एक विशेष प्रविधी मेला आयोजना गर्ने भएको छ । बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधी मेलाको तेश्रो संस्करण हो ।

सागर ग्रुपले आफ्ना ग्राहक, विक्रेता, पत्रकार, शुभेच्छुक लाई भेला पार्दै सूचना प्रविधीका विभिन्न प्रगतीहरु, नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्ने गरि यस्तो मेला प्रत्येक बर्ष आयोजना गर्ने गरेको छ । यस मेलाले ब्राण्ड र ग्राहक विचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाईस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरको बुझाई रहेको छ ।

देशभर बाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै वहाँहरुको सहजताको लागि क्यान इन्फोटेककै समयमा संचालन गरिने यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधी, सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरु समेत मेला स्थलमा उपलब्ध भई उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने छन् ।

सागर ग्रुपको यो प्रविधी मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरु रहनेछन् ।

सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधीहरुले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरी संचालन गरिने मेलाले जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरु समेत लन्च गर्दैछन् । यस कार्यक्रमा सहभागिलाई विभिन्न किसिमका टे«निङ्हरु समेत प्रदान गरिने छ ।

प्रत्येक दिन विहान १० बजेदेखी साँझ ५ बजे सम्म ७ दिन सम्म संचालन हुने यो एक्स्पोमा भ्रमण अबलोकन गर्ने आगन्तुकहरुलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने उपस्थित मध्येबाट एक जनालाई लक्कि ड्र को माध्यमबाट एक्स ल्याव ल्यापटप उपहार प्रदान गरिनेछ ।

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक...

वि.सं.२०८३ असार २४ बुधवार ०७:५२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी...

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ प्यासेन्जर ३६०° क्याम्पेन सुरु

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३७

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा...

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार २२:२४

  नेपालगञ्ज, असार २३ — एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता...