Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सागर ग्रुपले आईटी एक्स्पो गर्ने

काठमाडौं। सूचना प्रविधी क्षेत्रमा लगातार तिन दशक देखी सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गते देखी माघ २९ गते सम्म आफ्नो कर्पोरेट हाउस कलंकीमा एक विशेष प्रविधी मेला आयोजना गर्ने भएको छ । बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधी मेलाको तेश्रो संस्करण हो ।

सागर ग्रुपले आफ्ना ग्राहक, विक्रेता, पत्रकार, शुभेच्छुक लाई भेला पार्दै सूचना प्रविधीका विभिन्न प्रगतीहरु, नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्ने गरि यस्तो मेला प्रत्येक बर्ष आयोजना गर्ने गरेको छ । यस मेलाले ब्राण्ड र ग्राहक विचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाईस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरको बुझाई रहेको छ ।

देशभर बाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै वहाँहरुको सहजताको लागि क्यान इन्फोटेककै समयमा संचालन गरिने यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधी, सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरु समेत मेला स्थलमा उपलब्ध भई उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने छन् ।

सागर ग्रुपको यो प्रविधी मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरु रहनेछन् ।

सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधीहरुले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरी संचालन गरिने मेलाले जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरु समेत लन्च गर्दैछन् । यस कार्यक्रमा सहभागिलाई विभिन्न किसिमका टे«निङ्हरु समेत प्रदान गरिने छ ।

प्रत्येक दिन विहान १० बजेदेखी साँझ ५ बजे सम्म ७ दिन सम्म संचालन हुने यो एक्स्पोमा भ्रमण अबलोकन गर्ने आगन्तुकहरुलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने उपस्थित मध्येबाट एक जनालाई लक्कि ड्र को माध्यमबाट एक्स ल्याव ल्यापटप उपहार प्रदान गरिनेछ ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...