Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

kumari  bank

 

काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ ।
आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो ।

ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामरा पनि उपलब्ध छ । यसमा ९८ किलोवाट क्षमताको मोटर जडान भएर आएको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो संघर्षकासाथ नयाँ मोडल ल्याइएको जानकारी दिए । उनले नयाँ केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैंयाँ रहेको जानकारी दिए । अहिलेको लागि ७.२ किलोवाटको एसी चार्जर गाडीसँगै उपलब्ध गराएको पनि बताए ।

उनले भने,‘हामीले मूल्यको लागि धेरै नै सङघर्ष गर्यौं । बजारमा मूल्य कति होला भनेर धेरैले सोधिरहनुहुन्थ्यो तर एकदमै किफायती मूल्यमा नै सार्वजनिक गरेको छौं । ४८ लाख ९९ हजार तोकेका छौं । यसमा ७.२ किलोवाटको एसी चार्जर उपलब्ध गराएका छौं ।’ रिर्भस चार्जिङको व्यवस्था भएको पनि उनले सुनाए ।

कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ । नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा पाँच स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल भएको पनि कम्पनीले जनाएको छ ।

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२३

  काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो...

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४६

  काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला, श्रावण २१ देखि भृकुटीमण्डपमा आयोजना

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ...

वि.सं.२०८२ वैशाख २४ बुधवार १५:५८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा,...

वि.सं.२०८२ वैशाख २४ बुधवार १३:२६

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी अटो ग्लोबल सम्मेलन २०२५ मा ‘मोस्ट प्रोमिशिंग पार्टनर’ पुरस्कार

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी...

वि.सं.२०८२ वैशाख १८ बिहीवार १२:३८

    काठमाडौँ, बैशाख १७ गते । नेपालका लागि काइयी...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, भृकुटीमण्डपमा एक्सचेन्ज अफर र अन द स्पट फाइनान्स सुविधा

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना,...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:२१

  काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...