Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अर्थ व्यवस्थामा केही सुधार देखिएको छ : अध्यक्ष ढकाल

Machhapuchchhre Bank Limited

 

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएको बताएका छन् ।
राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित नवीन प्रावधानहरु र भिसीटिसीको प्रयोग तथा परिपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्रका सूचांकहरु सकारात्मक लयमा आउन लागेको भन्दै बजार धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो भएको बताए ।

उनले भने, ‘पछिल्लो समय अर्थ व्यवस्था केही हदसम्म चलायमान हुन लागेको संकेतहरु देखिएका छन् । अर्थतन्त्रका सूचांकहरु सकरात्मक लयमा आउन लागेको देखिएको छ । गत वर्षको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र निक्षेप संकलन ३.७ र नीजि क्षेत्रमा प्रभावित कर्जा ५.२ प्रतिशत, राजस्व संकलन १२.७ र खर्चमा १७.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले बजार चलायमान भएको नै संकेत देखिएको छ । यो धेरै राम्रो नभएपनि सुधारको हिसाबले राम्रो संकेत हो ।’

यसको साथै, उनले आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्ने भन्दै यसमा उद्योग वाणिज्य महासंघ सँधै साथमा रहने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘आगामी दिनहरुमा सरकारका सबै निकायहरुको भूमिका र क्रियाकलापहरु समग्र आर्थिक गतिविधिलाई सक्रिय बनाउनेतर्फ लक्षित हुनुपर्छ । राजस्व अनुसन्धान विभागको भूमिका यसमा थप सन्तुलित र समन्वयकारी हुनुपर्ने हाम्रो धारणा छ । यसमा उद्योग वाणिज्य महासंघ सदैव तपाईहरुको साथमा रहने विश्वास समेत दिलाउन चाहन्छु ।’
नीजि क्षेत्रको लगानीलाई प्रमोट गर्न र सक्रिय रुपमा अगाडि बढाउन सकेन भने परिणाम राम्रो नआउने पनि उनको भनाई छ ।

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...