CG Electronics
IME Life
NIMB

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेड आर १२५ एफआई हाइब्रिडबाट सम्मानित

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा आयोजित महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगिताको टाइटल प्रायोजक यामाहा नेपालले शृङ्खलाको उत्कृष्ट नेपाली खेलाडीलाई उनको असाधारण प्रदर्शन र योगदानको कदर गर्दै ब्रान्ड न्यू यामाहा रेजेड आर १२५ एफआई हाइब्रिड स्कुटर प्रदान गरेको छ।

फाइनल खेल पछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सका मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई उनले शृङ्खलामा देखाएको उत्कृष्ट प्रदर्शन, समर्पण र प्रभावकारी भूमिकाको लागि स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो। यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी महिला क्रिकेटको उदयलाई समर्थन गर्ने यामाहाको प्रतिबद्धताको प्रतीक हो।

यस प्रतियोगिताले नेपालमा महिला क्रिकेटको बढ्दो लोकप्रियता र प्रगतिलाई प्रमाणित गरेको छ। यामाहा नेपालले असाधारण प्रतिभाको पहिचान गरी उनीहरूलाई सम्मानित गर्न पाउँदा गर्व अनुभव गरेको छ। यामाहा नेपालले खेलाडीहरूलाई सशक्त बनाउने, खेल भावना जगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति मजबुत बनाउने दिशामा आफ्नो समर्थन जारी राख्ने प्रतिबद्धता जनाएको छ।

शृङ्खलाको सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रदान गरिएको यामाहा रेजेड आर १२५ एफआई हाइब्रिड स्कुटर उत्कृष्ट इन्धन दक्षता, हल्का तौल युक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूको लागि परिचित छ। यसले प्रतियोगितामा देखिएको स्पीड, एजिलिटी र रेजिलियन्सलाई मूर्त रूप दिने च्याम्पियनहरूको लागि उत्तम सवारी साधन हो।

एमएडब्ल्यू अन्तर्गतको यामाहा नवीनता, प्रदर्शन र विश्वसनीयताको लागि परिचित नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपाली बजारमा बलियो उपस्थिति राख्ने यामाहा खेलकुदलाई समर्थन गर्न, युवाहरूलाई सशक्त बनाउन र विश्वस्तरीय सवारी अनुभवहरू प्रदान गर्न सधैं प्रतिबद्ध छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...