Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड जित्यो

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजित ICC २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। यसले कम्पनीको व्यावसायिक उत्कृष्टता र नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ।

कम्पनीले “उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,” “बीमा क्षेत्रमा महिला नेतृत्व,” र “उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा” गरी तीन विधामा उच्च सम्मान प्राप्त गरेको छ। यसले सन नेपाल लाइफले आफ्नो नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्च मानक स्थापित गरेको प्रमाणित गर्दछ।

बैंककमा आयोजित विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्यालले उक्त अवार्डहरू ग्रहण गर्नुभएको थियो। उनले यस उपलब्धिले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ बढाउने बताए।

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपालभर १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत ग्राहकहरूलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित छ। यस उपलब्धिले कम्पनीको अग्रगामी भूमिका र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्दछ।

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...