CG Electronics
IME Life
NIMB

चित्लाङ सडक कालोपत्रे गर्न पन्ध्र करोडको ठेक्का

NIMB
Himalayan Bank

 

मकवानपुर । उत्तरी मकवानपुरको आर्थिक विकासको द्धारको रुपमा रहेको चित्लाङ चन्द्रागिरी थानकोट सडक खण्ड स्तरिकरण एवम् कालो पत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान भएको छ ।

मकवानपुरबाट निर्वाचित संघीय साँसद एवम् सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले बर्तौलाकै पहलमा १० करोड ६९ लाख बजेट वृद्धी गरी १५ करोडको ठेक्का आह्वान गरेको हो । यस ठेक्का मार्फत सडकलाई अहिले भईरहेको काममा थप नाली निर्माण तथा कालो पत्रेले निरन्तरता पाउनेछ ।

अघिल्ले आ.व.मा पनि बर्तौलाकै पहलमा यस सडकले ७ करोड ९९ लाखको ठेक्का भई उक्त सडकमा काम भई रहेको छ । दुर्घटना ग्रस्त क्षेत्र सेतो पहरामा पनि तार जाली मार्फत क्र्यास ब्यारियर निर्माण भईसकेको छ ।

मुख्य सचेतक बर्तौलाको स्वकीय सचिव आशिष अस्लामीले बताए अनुसार बर्तौला आफ्नो कार्यकालमा चित्लाङ चन्द्रगिरी थानकोट सडकलाई पुर्णतया स्तरिकरण गरी उत्तरी मकवानपुरको थाहा नगरलाई समृद्ध बनाउन चाहन्छन् ।

अस्लामीले भने– “माननीय मुख्य सचेतकज्यू यो सडकलाई थाहा सम्म मात्रै नभएर कैलाश, राक्सिराङ हुँदै मनहरी सम्म बनाउन चाहनु भएको छ । उहाँले थाहा देखी मनहरी सडकलाई रुपचन्द्र विष्ट मार्गको नामबाट अध्ययन तथा चालु आ.व.मै १ करोड ६२ लाखबाट निर्माण थालनी गर्नु भएको छ । उहाँथाहा नगरलाई केन्द्रमा राखेर भीमफेदी र इन्द्रसरोबर सहित पर्यटन करिडोर बनाई एकिकृत पर्यट विकास गर ग्रामिण अर्थतन्त्र वृद्धी गर्न चाहनु भएको छ ।”

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...