CG Electronics
IME Life
NIMB

चितवनमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ सम्पन्न

NIMB
Himalayan Bank

 

चितवन, कामना सेवा विकास बैंक र नेपाल युवा उद्यमी मञ्च (NYEF) चितवनको संयुक्त आयोजनामा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। व्यवसायी र बैंकबीचको दूरी घटाउने उद्देश्यले आयोजित कार्यक्रममा ६० भन्दा बढी युवा व्यवसायीको सहभागिता रहेको थियो।

 

कार्यक्रममा कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमन कार्की, नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सुर्यभक्त अधिकारी लगायतले बैंकिङ प्रणाली, व्यवसाय सञ्चालनका चुनौती, तथा वित्तीय पारदर्शिताका विषयमा आफ्ना धारणा राखेका थिए।

 

कार्यक्रममा बोल्दै एफसिए विमन कार्कीले व्यवसायीहरूले नेपाल राष्ट्र बैंकका नियमको पालना गर्नुपर्ने र वित्तीय पारदर्शिता आवश्यक रहेको बताए। व्यवसायी सुर्यभक्त अधिकारीले कोभिड-१९ पछि साना तथा मझौला व्यवसायीहरू थप संकटमा परेकाले बैंकहरूले सहुलियत दिनुपर्ने आवश्यकता औंल्याए।

 

यसैगरी, पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त राज पराजुलीले होटल व्यवसायलाई बैंकहरूले विशेष प्राथमिकता दिनुपर्ने बताए। चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले बैंकिङ नीति, युवा जनशक्ति पलायन, र कोभिड-१९ पछि आएको वित्तीय मन्दीको असरबारे ध्यानाकर्षण गराए।

 

कार्यक्रममा सहभागी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थासँग सम्वन्धित आफ्ना जिज्ञासा राखेका थिए, जसमा वक्ताहरूले स्पष्ट धारणा व्यक्त गरे।

 

नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष सन्तोष कडेलले स्वागत मन्तव्य राखेका थिए भने कामना सेवा विकास बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशिल पौडेलले कार्यक्रमको उद्देश्य स्पष्ट पारे।

 

कार्यक्रमको समापन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बैंक र व्यवसायीबीचको सहकार्यलाई अझ सुदृढ गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...