Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

फागुन १३ र १४ गते अन्तरकलेज क्रिकेट प्रतियोगिता हुने

 

काठमाडौं । केबीए ग्लोबल क्रिक्सल क्ल्यासले अन्तरकलेज क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै क्रिक्सल क्ल्यासले आगामी फागुन १३ र १४ गते अन्तरकलेज क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

प्रतियोगिता भेलोसिटी एरिनामा आयोजना गरिने छ । यो प्रतियोगिताले नेपालभरका युवा क्रिकेट खेलाडीहरूलाई एक साझा मञ्च प्रदान गर्ने आयोजकले अपेक्षा गरेको छ। पत्रकार सम्मेलनमा केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका डाइरेक्टर शम्भु कँडेलले विभिन्न कलेजका विद्यार्थीहरूलाई यस प्रतियोगितामार्फत एउटा अनौठो अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए ।

उनले भने,‘हामी विभिन्न कलेजका विद्यार्थीहरूलाई यस प्रतियोगितामार्फत एउटा अनौठो अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित छौ। हाम्रो लक्ष्य युवाहरूमा नेतृत्व शैलीको विकास, सीप विकास र आपसी सद्भाव अभिवृद्धि गर्नु हो ।

खेलकुदले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन, अनुशासन, र नेतृत्व क्षमता वृद्धि गर्न मद्दत गर्छ, जुन विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

त्यस्तै लिबर्टी कलेजका प्रिन्सिपल डा.देवराज पनेरुले यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई नेतृत्व र अनुशासन जस्ता जीवनोपयोगी सीपहरू सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘लिबर्टी कलेज यस प्रतियोगिताको टाईटल स्पोसर रूपमा उपस्थित हुन पाउँदा गौरवान्वित छ। हाम्रो संस्थाले सर्वाङ्गीण शिक्षा प्रणालीलाई आत्मसात् गर्दै आएको छ, जसमा खेलकुद प्रमुख हो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई नेतृत्व र अनुशासन जस्ता जीवनोपयोगी सीपहरू सिक्ने अवसर प्रदान गर्नेछ ।’

कार्यक्रमका प्रमुख संयोजक तथा केवीए ग्लोबलका सिनियर एडमिशन अफिसर प्रमेश तिवारीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै ट्रफी अनावरण गरेका थिए । उनले सात ओभरको फम्र्याटमा २० टिम सहभागी हुने गरी नकआउट शैलीमा खेल हुने गरी प्रतियोगिता डिजाइन गरेको जानकारी गराए । दुई दिनसम्म चल्ने यस रोमाञ्चक क्रिकेट प्रतियोगिताले दर्शकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने पनि उनको भनाई छ ।

प्रेस मिटका क्रममा पत्रकारहरूले शम्भु कँडेल, विभिन्न टिम कप्तानहरू, र लिवर्टी कलेजका प्रतिनिधिहरूसँग प्रतियोगिताको तयारी, व्यवस्थापन, र लक्ष्यबारे छलफल समेत गरीएको थियो।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...