CG Electronics
IME Life
NIMB

फागुन १३ र १४ गते अन्तरकलेज क्रिकेट प्रतियोगिता हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । केबीए ग्लोबल क्रिक्सल क्ल्यासले अन्तरकलेज क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै क्रिक्सल क्ल्यासले आगामी फागुन १३ र १४ गते अन्तरकलेज क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

प्रतियोगिता भेलोसिटी एरिनामा आयोजना गरिने छ । यो प्रतियोगिताले नेपालभरका युवा क्रिकेट खेलाडीहरूलाई एक साझा मञ्च प्रदान गर्ने आयोजकले अपेक्षा गरेको छ। पत्रकार सम्मेलनमा केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका डाइरेक्टर शम्भु कँडेलले विभिन्न कलेजका विद्यार्थीहरूलाई यस प्रतियोगितामार्फत एउटा अनौठो अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए ।

उनले भने,‘हामी विभिन्न कलेजका विद्यार्थीहरूलाई यस प्रतियोगितामार्फत एउटा अनौठो अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित छौ। हाम्रो लक्ष्य युवाहरूमा नेतृत्व शैलीको विकास, सीप विकास र आपसी सद्भाव अभिवृद्धि गर्नु हो ।

खेलकुदले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन, अनुशासन, र नेतृत्व क्षमता वृद्धि गर्न मद्दत गर्छ, जुन विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

त्यस्तै लिबर्टी कलेजका प्रिन्सिपल डा.देवराज पनेरुले यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई नेतृत्व र अनुशासन जस्ता जीवनोपयोगी सीपहरू सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘लिबर्टी कलेज यस प्रतियोगिताको टाईटल स्पोसर रूपमा उपस्थित हुन पाउँदा गौरवान्वित छ। हाम्रो संस्थाले सर्वाङ्गीण शिक्षा प्रणालीलाई आत्मसात् गर्दै आएको छ, जसमा खेलकुद प्रमुख हो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई नेतृत्व र अनुशासन जस्ता जीवनोपयोगी सीपहरू सिक्ने अवसर प्रदान गर्नेछ ।’

कार्यक्रमका प्रमुख संयोजक तथा केवीए ग्लोबलका सिनियर एडमिशन अफिसर प्रमेश तिवारीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै ट्रफी अनावरण गरेका थिए । उनले सात ओभरको फम्र्याटमा २० टिम सहभागी हुने गरी नकआउट शैलीमा खेल हुने गरी प्रतियोगिता डिजाइन गरेको जानकारी गराए । दुई दिनसम्म चल्ने यस रोमाञ्चक क्रिकेट प्रतियोगिताले दर्शकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने पनि उनको भनाई छ ।

प्रेस मिटका क्रममा पत्रकारहरूले शम्भु कँडेल, विभिन्न टिम कप्तानहरू, र लिवर्टी कलेजका प्रतिनिधिहरूसँग प्रतियोगिताको तयारी, व्यवस्थापन, र लक्ष्यबारे छलफल समेत गरीएको थियो।

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...