CG Electronics
IME Life
NIMB

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायी बीच व्यापारिक सहकार्य : यात्रुहरूलाई २० प्रतिशत छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बुटवल, माघ २९। लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ। यस सम्झौता अनुसार, पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.मा आबद्ध बसहरूमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन्।

यो छुट सुविधा पाउन यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाउनु पर्नेछ। यात्रा गरेको ३ महिनाभित्र यो छुट सुविधा लिन सकिनेछ।

सम्झौतामा लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।

लुम्बिनी केबलकारको बुटवलको गोल पार्क केबलकार चोकमा बटम स्टेसन र पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ। टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ। यस केबलकारबाट तराई, पहाड र हिमालको अद्भुत दृश्यावलोकन गर्न सकिन्छ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. नेपालको पुरानो र ठूलो व्यावसायिक संस्थाहरू मध्ये एक हो। यस संस्थामा २,३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन्। यसले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरू सञ्चालन गर्दै आइरहेको छ।

यस व्यापारिक सहकार्यबाट दुवै पक्षका ग्राहकहरूलाई फाइदा हुने अपेक्षा गरिएको छ। लुम्बिनी केबलकारले पर्यटक आकर्षण बढाउने भन्दै यो सहकार्यलाई महत्वपूर्ण बताएको छ।

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...