Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायी बीच व्यापारिक सहकार्य : यात्रुहरूलाई २० प्रतिशत छुट

Machhapuchchhre Bank Limited

 

बुटवल, माघ २९। लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ। यस सम्झौता अनुसार, पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.मा आबद्ध बसहरूमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन्।

यो छुट सुविधा पाउन यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाउनु पर्नेछ। यात्रा गरेको ३ महिनाभित्र यो छुट सुविधा लिन सकिनेछ।

सम्झौतामा लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।

लुम्बिनी केबलकारको बुटवलको गोल पार्क केबलकार चोकमा बटम स्टेसन र पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ। टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ। यस केबलकारबाट तराई, पहाड र हिमालको अद्भुत दृश्यावलोकन गर्न सकिन्छ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. नेपालको पुरानो र ठूलो व्यावसायिक संस्थाहरू मध्ये एक हो। यस संस्थामा २,३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन्। यसले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरू सञ्चालन गर्दै आइरहेको छ।

यस व्यापारिक सहकार्यबाट दुवै पक्षका ग्राहकहरूलाई फाइदा हुने अपेक्षा गरिएको छ। लुम्बिनी केबलकारले पर्यटक आकर्षण बढाउने भन्दै यो सहकार्यलाई महत्वपूर्ण बताएको छ।

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २२:२८

  काठमाडौं । युनाटेड अजोड इन्स्योरेन्समा दुई महाप्रबन्धक नियुक्त भएका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:५०

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत...

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३७

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:३२

  काठमाडौं, १ चैत । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र...

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:२७

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले महिला सञ्चालकमा राधा पोखरेललाई...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा...

वि.सं.२०८१ फागुन ३० शुक्रवार २१:१०

  काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल...